गुल्मीमा हप्तामा दुई दिन वित्तिय संस्थाहरु खुल्ने
सोमबार, जेठ १२, २०७७
पाल्पाका पत्रकारको कोरोना बीमा
आइतबार, जेठ ११, २०७७
जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिममा काम गरिरहेका पत्रकारहरुको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासघ पाल्पाले ८५ जना पत्रकारको कोरोना बीमा गरिदिएको हो ।
गुल्मीका स्थानीय तहले दिए विपन्नलाई रोजगारी
आइतबार, जेठ ११, २०७७
गुल्मीको धुर्कोट गाउँपालिका –७ वाग्लाका ४८ वर्षीय गोपाल भण्डारी बन्दाबन्दी हुनुभन्दा पहिले गाउँमा मिटर रिडिङ गर्ने गथ्र्थे । बन्दाबन्दीपछि उनको काम बन्द भयो तर अहिले गाउँपालिकाले उनलाई रोजगारी दिएको छ । ‘मिटर रिडिङको काम बन्द भयो, आम्दानीको स्रोत छैन, खर्च बढ्दैछ’, उनले भने, ‘गाउँपालिकाले काम दिएपछि केही सहज भएको छ...
चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत
शुक्रबार, जेठ ९, २०७७
चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई बागलुङ नगरपालिकाले राहत रकम हस्तान्तरण गरेको छ । गत चैत २९ गते चट्याङ लागेर मृत्यु भएका बागलुङ नगरपालिका–१३ का शङ्कर रिजालको परिवारलाई नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ५० हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको छ ।
सगरमाथा इन्स्योरेन्सले ल्यायो कोरोना भाइरस बिमा पोलिसी
शुक्रबार, जेठ ९, २०७७
जिल्लामा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले कोरोना भाइरस (कोभिड(१९) विरुद्धको बिमा पोलिसी शुभारम्भ गरेको छ ।
तानसेन १० का विपन्न परिवारलाई काँग्रेसले बाड्यो राहत
बुधबार, जेठ ७, २०७७
जिल्लाका स्थानीय सरकारहरुले बन्दाबन्दीका बेला समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएका नागरिकहरुलाई राहत वितरण गर्दै आए पनि केही स्थानीय तहहरुले राहत वितरणमा विभेद गरेको गुनासो आएपछि काँग्रेसले राहत नपाएकाहरुलाई राहत वितरण गरेको छ ।
तानसेन बहुमुखी क्याम्पसद्वारा नगरपालिकाको राहत कोषमा सहयोग
मंगलबार, जेठ ६, २०७७
जिल्लाको तानसेन नगरपालिकाको कोरोना विपद् कोषमा तानसेन बहुमुखी क्याम्पसले आर्थिक सहयोग छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा क्याम्पसले १७ हजार ४ सय ३२ रुपैयाँ सहयोग गरेको हो ।
हुने खानेलाई प्रधानमन्त्री रोजगारमा भन्दै युवाले जनाए आपत्ति
सोमबार, जेठ ५, २०७७
जिल्लाको एक स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रममा हुँदा खानेलाई समेटिएको भन्दै स्थानीय केही युवाहरुले आपत्ति जनाएका छन् । मालिका गाउँपालिका ५ छापहिलेमा हुँदा खाने भन्दा हुने खानेहरुलाई नै प्रधानमन्त्री रोजगारमा समेटिएको भन्दै युवाहरुले आपत्ति जनाएका हुन् ।
काँग्रेस निस्दीले गर्यो कोरोना कोषमा रकम जम्मा
सोमबार, जेठ ५, २०७७
नेपाली काँग्रेस निस्दी गाउँ कार्यसमितिले निस्दी गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषको खातामा रकम जम्मा गरेको छ ।
सहकारीले गर्यो रगतको अभाव हुन नदिन रक्तदान
सोमबार, जेठ ५, २०७७
सजिलो बचत तथा ऋण सहकारी सस्था लिमीटेड बुटवल ९ कालिकानगरले रक्तदान कार्यक्रम गरेको छ । सहकारीको ११ औ स्थापना दिवस तथा कोभिड –१९ को महामारीको बेला बिरामीलाई रगतको अभाव भएको अबस्थामा रगतदान गर्दा बिरामीलाई केही मात्रामा भएपनि राहत होस भन्ने उद्देश्यले गरिएको कार्यक्रममा ४० जना सदस्यले रगत दिएका थिए ।
चेम्बरले दियो सरकारलाई बजेट सम्बन्धी सुझाव
सोमबार, जेठ ५, २०७७
नेपाल चेम्बर अफ कमर्शले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाललाई आत्मनिर्भर बनाउन योजनाबद्ध कार्यक्रम ल्याउनुपर्ने र कोरोनाका कारण अर्थतन्त्रमा परेको असरलाई कम गर्दै पुनरुत्थानमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएको छ । चेम्बरका उपाध्यक्ष कमलेशकुमार अग्रवालले आइतबार राजश्व सचिव रामशरण पुडासैनीलाई एक सुझावपत्र बुझाउँदै कोरोना असर कम गरी मुलुकको समग्र अर्थतन्त्रलाई पुरानै...
आलोपालोमा सहकारी सञ्चालन
आइतबार, जेठ ४, २०७७
कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि बागलुङका वित्तीय संस्था सञ्चालनमा समय तालिका निर्धारण गरिएको छ । यहाँका बैंक आलोपालो खुल्न थालेपछि सहकारीलाई समेत आलोपालो खुलाउन थालिएको छ ।
भूमिकास्थानबासी भोकै
शुक्रबार, जेठ २, २०७७
जिल्लामा हालसम्म झण्डै पाँच हजार परिवारलाई राहत वितरण गरिएको छ । कोरोना संक्रमणका कारण गत चैत ११ गतेदेखि लकडाउन भएपछि जिल्ला सबै स्थानीय तहले चार हजार ९ सय ४५ घरपरिवारमा राहत वितरण गरेका हुन् ।


