Shittalpati
तालपोखरा क्षेत्रको सडकमा ट्रिगार्ड सहित वृक्षारोपण

इमान सिं राना

पाल्पा (रामपुर) । रामपुर नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य तालपोखरा क्षेत्रको सडकमा मंगलबार वृक्षारोपण संगै ट्रिगार्ड राखिएको छ । डिभिजन वन कार्यालय पाल्पाको सडक सौन्दर्यकरण कार्यक्रम अन्तर्गत सडकको दायाँ बायाँ वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय पाल्पाले रामपुर नगरपालिकाको समन्वयमा सडकको दुवै तर्फ ट्रिगार्ड राखेर १ सय ७५ वटा विरुवा रोपिएको हो । वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले यस कार्यक्रमले सडक वरपरको वातावरण हरियाली बनाउन सहयोग पुग्ने बताए ।

सडक मापडण्द पुगेका मध्ये अहिलेलाई तालपोखरा क्षेत्रमा वृक्षारोपण एको बताए । थापाले नगरका अन्य सडकहरु फराकिलो गराउन बाँकी रहेकाले यस वर्ष पर्यटकिय स्थल तालपोखरामा वृक्षारोपण                     गरिएको र आगामी वर्ष नगरपालिकाले समन्वय गरेर अन्य स्थानमा पनि कार्यक्रम गर्ने बताए । डिभिजन वन कार्यालय पाल्पाका सव डिभिजन अधिकृत अर्जुन चापागाईले गत वर्ष सडक सौन्दर्यकरण कार्यक्रम तानसेनमा गरिएको रयस वर्ष रामपुरमा गरिएको जानकारी दिदै विरुवाको संरक्षण र सम्वद्र्धनमा स्थानियको भसमिका महत्वपूर्ण हुने बताए ।

सव डिभिजन वन कार्यालय रामपुरका सहायक वन अधिकृत मरिचमान लामाले ५ लाख रुपैयाँको लागतमा ट्रिगार्ड सहित १ सय ७५ वटा विरुवा लगाईने जानकारी दिए । उनले सडकको दायाँ र बायाँ दुवै तर्फ ४/४ मिटरको दुरीमा १ सय ६० वटा अशोका र १५ वटा कपुर रोप्न लागिएको बताए । कार्यक्रममा रामपुर नगरपालिका ६ का वडाका जनप्रतिनिधी, तालपोखरा संरक्षण समितिका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधि तथा स्थानिय महिलाहरुको सभागीता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update