प्रभुु र समृद्धि क्यापिटल मर्ज
बुधबार, असार ३१, २०७७
आलेख : प्रदेश नं ५ को उद्योग व्यवसायमा कारोनाको प्रभाव
मंगलबार, असार ३०, २०७७
कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पुर्याएको गम्भीर क्षतिको प्रभाव नेपालमा पनि परेको छ । यस महामारीका कारण नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्र धराशयी बन्दै गएको देखिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि लामो समयदेखि गरिएको बन्दाबन्दीले प्रदेश नं ५ का कृषि तथा वनजन्य, निर्माण, पर्यटन तथा सेवामूलक र सञ्चार तथा...
रेग्मी परिवारले गर्यो छोरीको विवाह वर्षगाठको अवसरमा विपन्नलाई सहयोग
सोमबार, असार २९, २०७७
नेपाली समाजमा पछिल्लो समय विवाह,जन्म उत्सवका अवसरमा बढी नै फर्जुल खर्च गर्ने प्रचलन बढी रहेका बेला जिल्लाको एक परिवारले भने आफनो छोरीको विवाह वर्षगाठमा गरिने फर्जुल खर्च कटाएर विपन्नलाई सहयोग गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १ क्याम्पस रोड निवासी भेषराज रेग्मी र जमुना रेग्मीले आफनी अष्ट्रेलियामा रहेकी छोरी निलम...
एनआईसी एशिया बैंकद्वारा ज्याकेट सहयोग
सोमबार, असार २९, २०७७
एनआईसी एशिया बैंकले जिल्लाको एक विद्याललाई ज्याकेट सहयोग गरेको छ । बैंकको तम्घास शाखाले जिल्लाको रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घास माध्यमिक विद्यालयलाई ज्याकेट सहयोग गरेको हो । फरक क्षमताका विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयलाई बैंकले ३५ सेट ज्याकेट सहयोग गरेको विद्यालयकी प्रधानाध्यापक पिंकी घिमिरे भुसालले बताइन् ।
काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिद्वारा पहिरो पीडितलाई राहत
शनिबार, असार २७, २०७७
नेपाली काँग्रेस गुल्मी–काठमाडौ सम्पर्क समितिद्वारा पहिरो पीडितलाई राहत प्रदान गरिएको छ । जिल्लाको ईस्मा गाउँपालिका १ मल्दीका पहिरो पीडितलाई सम्पर्क समिति अन्तर्गत गठित विपद् व्यवस्थापन समितिले आवश्यक खाद्यन्न सामग्री सहयोग गरेको हो । पहिरो प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गरिएको समितिका संयोजक योगराज कंडेलले बताए । पीडितलाई दुई लाख बराबरको...
तानसेनमा सहकारी सञ्जाल गठन, संयोजकमा पन्त
शनिबार, असार २७, २०७७
तानसेन नगरपालिकामा नगरस्तरीय सहकारी संजाल गठन भएको छ । नगरभित्रका सहकारीहरुलाई व्यस्थित रुपमा सञ्चालन गर्न, विभिन्न वडा वडामा सहकारी, सस्तो पसल सञ्चालन गर्न, प्रत्येक घर–घरलाई सहकारीसँग जोड्दै आयआयआर्जनमा लगाउन तानसेन नगरपालिकाले नगरस्तरीय सहकारी सञ्जाल गठन गरेको हो ।
शनिबार बैंक खुलै राख्न राष्ट्र बैंकको निर्देशन
शनिबार, असार २७, २०७७
नेपाल राष्ट्र बैंकले शनिबार अर्थात् आज पनि बैंकहरू खुला राख्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक विदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।
एनसेलका ग्राहकलाई युट्युबबाटै भरपुर फाइदा
शनिबार, असार २७, २०७७
एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’ थिम अन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याएको छ ।
गुल्मी काँग्रेस पुग्यो राहत लिएर पहिरो प्रभावित क्षेत्रमा
बिहीबार, असार २५, २०७७
जिल्लाका पहिरो पीडितका लागि नेपाली काँग्रेस गुल्मीले आवश्यक राहत सहयोग गरेको छ । ईस्मा गाउँपालिका १ मल्दीका पहिरो पीडितलाई काँग्रेसले १ लाख ५० हजार बराबरको राहत सहयोग गरेको हो । पीडामा परेका नागरिकलाई केही भए पनि सहयोग पुगोस् भनेर राहत सहयोग गरेको पार्टी सचिव खिलध्वज पन्थीले बताए ।
पाल्पा प्याब्सनद्वारा शिक्षकलाई राहत
बुधबार, असार २४, २०७७
लामो समयदेखिको बन्दाबन्दीका कारण प्रभावित बनेका शिक्षकहरुलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले राहत सामग्री वितरण गरेको छ । कोरोना महामारीका कारण ४ महिनादेखि शैक्षिक सस्थाहरु बन्द रहेकाले प्रभावित बनेका जिल्लाका संस्थागत विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीलाई प्याब्सनले राहत सामग्री सहयोग गरेको हो ।
सटर भाडा छुट गर्दै रेडक्रस पाल्पा
बुधबार, असार २४, २०७७
जिल्लाको सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीले सटर तथा कोठा भाडा छुट गरेको छ । कोभिड–१९ सँगै गरिएको लकडाउनले सटरमा व्यवसाय गर्दै आएका व्यवसायी र कोठा भाडामा बस्दै आएका व्यक्तिहरु प्रभावित भएको भन्दै रेडक्रसले दूई महिनाको भाडा छुट गरेको हो । संस्थाले तानसेनको मखनटोलमा रहेका ३, बारुदखानमा रहेको १ सटर र...
खोला र जंगलका भरमा जीवीकोपार्जन
मंगलबार, असार २३, २०७७
आर्थिक रुपमा अतिविपन्न परिवारमा जीवीकोपार्जनमा समस्या देखिएको छ । बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदाय घरमा नुनतेललगायत खाद्य पदार्थको अभाव भएपछि खोला र जंगलका भरमा जीवीकोपार्जन गर्न बाध्य छ । कुमाल समुदायले खोलामा माछा, गँगटा र घोँगी तथा वनमा च्याउ खोजेर बजारमा ल्याई बेचेको आम्दानीबाट परिवारको जीवीकोपार्जन गर्दै आएको छ ।...
नमूना गाउँपालिका बनाउने योजना सहित तिनाउको गाउँसभा सकियो
मंगलबार, असार २३, २०७७
जिल्लाको तिनाउ गाउँपालिकाले नमूना गाउँपालिका बनाउने योजना सहित सातौ गाउँसभा सकेको छ । गाउँपालिकाले आगामी ३ बर्ष भित्र नमुना गाउँपालिका बनाउने योजना सहित गाउँसभा सकेको हो । गाउँपालिकाले सेवाप्रवाहलाई सहज बनाउन आफ्नै भवन निर्माणको लागि २ करोड ५० लाख छुट्याएको छ । ४ वटा वडा कार्यालय निर्माणको लागि ६५÷६५ लाख...


