Shittalpati
गुल्मी पहिरो पिडितलाई आर्थिक सहयोग

गुल्मी । जिल्लाको वामी नमूना समाज मुसिकोटले मुसिकोट र इश्माका बाढी पहिरो प्रभावितहरुलाई नगद सहयोग रकम हस्तान्तरण गरेको छ । समाजले एक कार्यक्रमका बिच मुसिकोट नगरपालिका २ का एक वेपत्ता व्यक्तिको घरपरिवारलाई ५ हजार, अन्य विस्थापित घरपरिवारलाई ७५ हजार गरी ८० हजार नगद रकम सहयोग हो । उक्त रकम मुसिकोट नगरपालिका २ का वडाअध्यक्ष लक्ष्मण खत्रीलाई समाजले हस्तान्तरण गरेको थियो । रकम ग्रहण गर्दै वडाअध्यक्ष खत्रीले हाल रोजगारीको शिलशिलामा आफ्नो कमाईको केही गाँस काटेर आफ्नो जन्मभूमि र छिमेकीहरुको पिडामा मलम लगाउन ठूलो सहयोग गरेकोमा सबैलाई विशेष धन्यवाद दिए । त्यस्तै समाजले इश्मा गाँउपालिका १ का २ जना मृतकका घरपरिवारलाई पनि प्रतिपरिवार ५ हजारका दरले नगद १० हजार सहयोग गरेको छ ।

विस्थापित ४ घरपरिवारलाई पनि प्रति परिवार ३ हजारका दरले १२ हजार गरी २२ हजार नगद रकम सहयोग गरेको गरिएको समाजका महासचिव तोयनाथ खरालले जानकारी दिए । उक्त रकम इश्मा गाँउपालिका १ का वडाअध्यक्ष चुरा बहादुर खत्रीलाई हस्तान्तरण गरिएको थियो । रकम ग्रहण गर्दै वडा अध्यक्ष खत्रीले समाजलाई धन्यवाद दिए । राहत वितरण कार्यक्रम समाजका सल्लाहकार जनकबहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष डिलाराम खरेल,उपाध्यक्ष रोम बहादुर रायमाझी,कोषाध्यक्ष कमलप्रसाद खराल,महासचिव तोयनाथ खराल लगायत वडाका स्थानीय राजनितिक दलका प्रतिनिधि तथा समाजसेवीहरु पत्रकार लगायतको सहभागिता रहेको थियो । समाजका वरिष्ठ उपाध्यक्ष डिलाराम खरेलको सञ्चालनमा कार्यक्रम भएको थियो । समाजका अध्यक्ष रेशम रायमाझी र उपाध्यक्ष डिलाराम खरेलको आर्थिक संयोजकत्वमा जापानमा रकम संकलन गरिएको समाजका संस्थापक अध्यक्ष दिलिप थापाले बताए । -पत्रकार कौरव खत्रीबाट

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update