चिसो बढ्दै
मंगलबार, मंसिर १३, २०७९

सुकुम्बासी हतियारसहित प्रदर्शनमा
सोमबार, मंसिर १२, २०७९
हटाउन खोजेपछि सुकुम्बासीहरु घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन् । सोमबार काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय हतियारसहित प्रदर्शनमा उत्रिएका हुन् ।

विवाह पञ्चमी पर्व देशभर मनाइँदै
सोमबार, मंसिर १२, २०७९
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो ।

३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन
सोमबार, मंसिर १२, २०७९
निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ ।

गुल्मीमा धान उत्पादनमा कमी आयो
सोमबार, मंसिर १२, २०७९
गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुरुमा खडेरी परेको, फूल खेल्ने बेलामा पानी र हावा लागेको कारण...

खाद्य स्वच्छता : सचेतना र निगरानीमा जोड
आइतबार, मंसिर ११, २०७९
बजारमा अखाद्य र गुणस्तरहिन वस्तुहरु विक्री वितरण भइरहेका छ । सम्बन्धित निकायले निगरानी र चासो नदिदा बजारमा अखाद्यवस्तुको खुलेआम विक्री वितरण भइरहको हो । जहाँ तही गुणस्तरहिन र अखाद्य वस्तु विक्री हुन थालेपछि पाल्पाको बगनासकाली गाउँपालिकाका उपभोक्ताहरुले खाद्य स्वच्छता कायम गर्न सचेतना र निगरानी बढाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ...

पाल्पा साहित्य समाजद्वारा प्रतिभा सम्मानसँगै कृति लोकार्पण
आइतबार, मंसिर ११, २०७९
जिल्लाको साहित्य क्षेत्रमा क्रियाशिल हुँदै आएको पाल्पा साहित्य समाजले प्रतिभा सम्मानसँगै कृति लोकार्पण गरेको छ । समाजले शनिबार स्थापनाको २८ औँ वार्षिक दिवस, १७३ औँ छविलाल नेपाल जन्मजयन्ती तथा १२० औँ माधवप्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा प्रतिभा सम्मानसँगै कृति लोकार्पण गरेको हो ।

मुख्यमन्त्रीको सहज बाटोमा राना
शुक्रबार, मंसिर ९, २०७९
नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर राना उम्मेदवारी दिनुपूर्व पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका थिए । रानाले आफ्नो चुनावी तयारीलाई सोहीअनुरुप अगाडि बढाउँदै थिए । अचानक सत्ता गठबन्धनबाट नेकपा एकिकृत समाजवादीको भागमा क्षेत्र नं. २ को...

पत्रकार नेपाल ‘कम्मिट टु वर्क’ अवार्डबाट सम्मानित
शुक्रबार, मंसिर ९, २०७९
पाल्पाका क्रियाशिल पत्रकार प्रकाश नेपाल ‘कम्मिट टु वक्र्क’ अवार्डबाट सम्मानित भएका छन् । नेपाललाई बागमती टेलिभिजन नेटवर्क प्रालिले उक्त अवार्डबाट सम्मान गरेको हो । पाल्पा संवाददाताको रुपमा रहेर टेलिभिजनलाई पुर्याएको योगदानको कदर गर्दै टेलिभिजनले नेपाललाई वेस्ट कमिनमेन्टका रुपमा सम्मान गरेको छ ।

मजदुर कोठामा मृत भेटिए
बुधबार, मंसिर ७, २०७९
काठमाडौँमा काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षे गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

स्याङ्जा–२ को मतगणना अनिश्चित, आयोगको निर्णय पर्खिंदै
बुधबार, मंसिर ७, २०७९
मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि आजसम्म स्याङ्जा क्षेत्र नं २ को मतगणना हुन सकिरहेको छैन । वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरुबीच सहमति जुट्नाको साटो आ–आफ्नै अडानमा रहेकाले मतगणना सुरु हुन नसकेको हो ।

पश्चिम पाल्पाको न्वागी, जहाँ देवीलाई चढाएर मात्र धान उपभोग गरिन्छ
बुधबार, मंसिर ७, २०७९
प्रायःनयाँ धान घरमा भिर्याएपछि पहिले हामीले नयाँ चामलको भात खान्छौं । तर पश्चिम पाल्पामा भने नयाँ धान भिर्याएपछि पहिले देवीलाई चढाएर मात्र उपभोग गर्ने प्रचलन रहेको छ । यहाँको प्रशिद्ध मन्दिर रैनादेवी मन्दिरमा नयाँ धान उत्पादन गरेपछि भगवतीलाई चढाएर पछि मात्रै खाने गरिन्छ ।

देशभरका शिवालयमा छरियो शतबीज
बुधबार, मंसिर ७, २०७९
देशभरका शिवालयमा शतबीज छरिएको छ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मंगलबार दिवंगत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरिएको हो । त्रयोदशीको रातभर भक्तजनले शिवालय एवं घर–घरमा समेत दिवंगत पितृको नाममा महादीपदान गरेका थिए । विशेष गरी काठमाडौंको पशुपति क्षेत्रमा भक्तजनहरुको भीड लागेको थियो ।