Shittalpati
सनातन गुठीले गर्यो ‘हनुमान पूजा’ सँगै वार्षिक साधारण सभा

पाल्पा, सनातन धर्म सेवा समिति (गुठी) मेहल्धारा तानसेन पाल्पाले ‘हनुमान पूजा’ गरेको छ । गुठीले हरेक वर्ष हनुमान जयन्तीको अवसरमा इष्ट देवता भगवान श्रीरामचन्द्रका सेवक वीर हनुमानको पूजा अर्चना गर्ने गर्दछ । सोही अनुसार उसले विधिपूर्वक हनुमान पूजा गरेको हो ।

नारायणस्थान फूलबारी परिसरमा हनुमानको मन्दिर रहेको छ । मन्दिरमा दशकौ बर्ष अघि देखिनै समितिले पूजा गर्दै आएको पाइन्छ । हिन्दु संस्कारमा आस्थावान ३९ घर यस समाजका क्रियाशील सदस्य र ६ घर मानार्थ सदस्यको रूपमा रहेका छन् ।

हनुमानको प्राचीन मन्दिर निकै जिर्ण भएकाले सनातन धर्म सेवा समितिको पहलमा विभिन्न सहयोगीहातहरूको सहयोगमा मन्दिर पुनर्निर्माण भई आजको अवस्थामा आएको हो । समितिले तानसेन श्रीनगरको पर्यटन विकासका लागि गुठी बन्धुहरूकै पहलमा सहयोगी दाताहरुलाई साथ लिई श्रीनगरमा १०/९/२०६७ मा  बजरंगबली स्वरूपको हनुमानको मूर्ति स्थापना गरेको थियो । उक्त मूर्ति पुनः मर्मत सम्भार गरी यस बर्ष हनुमान जयन्तीको अवसरमा रंगरोगन लगाउने काम गरिएको छ । 

गुठीले पूजासँगै वार्षिक साधारण सभा समेत गरेको छ । २०४३ सालमा गठन भएको समितिले ३८ औं वार्षिक साधारण सभा गरेको हो । स्थापनाकालदेखिनै समितिले मृत्युु संस्कारको समयमा गुठी सदस्यहरूका साथै छिमेकीहरूलमई समेत सहयोग गर्दै आएको छ । हरेक बर्ष हनुमान पूजा, सामुहिक जनैपूणिर्मा पूजा गर्नुका साथै समय सापेक्ष सामुहिक बर्तवन्ध कार्य समेत उसले गर्दै आएको छ ।

कार्यक्रममा गुठीले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याए बापत गुठी सदस्य श्रीधर कुमार नेपालको सुपुत्री सिध्दता नेपाललाई पुरस्कृत गरेको छ ।  सभाले श्रीधर कुमार नेपाल, पदम राज पौड्याल र देवराज शर्मालाई यस वर्षको सूचना वाहकको रूपमा नियुक्त समेत गरेको छ । समितिले जेष्ठ नागरिकलाई सम्मान गर्ने निर्णय गरिएको पनि जनाएको छ ।

साधारणसभाले  पुनः बरूण प्रसाद रेग्मीको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि समिति निर्विरोध निर्वाचित गरेको छ ।  कार्यक्रममा सचिव पुष्कर राज रेग्मीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विश्व राज रेग्मीले ६ लाख २३ हजार ४ सय ५७  बराबरको बार्षिक आयव्यय प्रस्तुत गरेका थिए । समितिका अध्यक्ष वरूण प्रसाद रेग्मीको अध्यक्षता,उपाध्यक्षमा सरस्वती शर्माको स्वागत, सल्लाहकार प्रा.डा. रामजी प्रसाद पौड्यालले शुभकामना, सचिव पुष्कर राज रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update