Shittalpati
तानसेनमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सचेतना र्याली
तानसेनमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सचेतना र्याली जिल्लाको सदरमुकाम तानसेनमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सचेतना र्याली निकालिएको छ । मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रले विभिन्न संघ संस्थाहरुको सहकार्यमा आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउने उद्देश्यले सचेतना र्याली निकालेको हो ।
गुल्मीमा महिला मृत फेला
गुल्मीमा महिला मृत फेला गुल्मीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको ईस्मा गाउँपालिका–५ स्थित दरिनढुंगाकी ७४ वर्षीया जीवकला थापा आफ्नै घरभित्र मृत फेला परेकी हुन् ।
दुई दिन सार्वजनिक विदा
दुई दिन सार्वजनिक विदा आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सरकारले दुुई दिन सार्वजनिक विदा दिने भएको छ । सरकारले मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा दिने भएको हो ।
डुबेर बालिकाको मृत्यु
डुबेर बालिकाको मृत्यु
जुत्ता चप्पल सिलाएरै फेरिएको जीवनशैली
जुत्ता चप्पल सिलाएरै फेरिएको जीवनशैली जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति हाम्रो समाजमा छ । जुत्ता चप्पल सिलाउने मात्रै नभई मजदुरी होस् या जुनसुकै पनि सानो काम गर्ने गरिब, विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्न सक्दैन । कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन् ।
निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन: ‘गल्ती गरे जागिर चट’
निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन: ‘गल्ती गरे जागिर चट’ मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि पाल्पामा खटिने कर्मचारीलाई निष्पक्ष निर्वाचन गराउन निर्देशन दिइएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षा निकायका कमाण्डरहरुलाई निष्पक्ष निर्वाचन गराउन निर्देशन दिइएको हो ।
निर्वाचनको दिन अत्यावश्यक सवारीसाधनले अनुमति लिनु नपर्ने
निर्वाचनको दिन अत्यावश्यक सवारीसाधनले अनुमति लिनु नपर्ने निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावको दिन अत्यावश्यक सवारी साधनका लागि पास आवश्यक नहुने प्रष्ट पारेको छ । आयोगले एक सूचना सार्वजनिक गर्दै अत्यावश्यक सवारी साधनका लागि पास आवश्यक नहुने जनाएको हो । आयोगले सवारी आवागमनलाई सहज बनाउन यस्तो निर्णय गरेको सूचना मार्फत जानकारी गराएको...
‘बगनासे साँचो’ लोप हुने अवस्थामा
‘बगनासे साँचो’ लोप हुने अवस्थामा गनासकाली गाउँपालिका ९ चापपानीका टेकबहादुर विश्वकर्माले स्थानीय सामग्रीको प्रयोग गरेर साँचो (ताल्चा) बनाउन लागेको ५० वर्ष भयो । बगनासडाडाँका ८/१० घर परिवारले लामो समयदेखि साँचो बनाउँदै आएका थिए । विश्वकर्माका हजुरबुबादेखिको यो पेसा ७४ वर्षीय टेकबहादुरले एक्लै धानिरहेका छन् ।
नयाँ मतदातामा उत्साह, पुरानामा निराशा
नयाँ मतदातामा उत्साह, पुरानामा निराशा बगनासकाली गाउँपालिका बराङ्दीकी १८ वर्षीया सपना बस्याल मंसिर ४ को निर्वाचनमा पहिलो पटक भोट हाल्दै छिन् । उनमा अन्य मतदातामा भन्दा धेरै उत्साह छ । यस अघिका निर्वाचनमा उनी मतदाता हुन उमेरले योग्य थिइनन् । अरूले मतदान गरेको हेर्न भने नजिकको मतदान केन्द्रमा पुगेकै हुन्थिन् ।
झुम्सादेखि दोभानसम्मको क्षेत्रमा नमुना एकिकृत बस्तीको विकास गर्छौं : गठबन्धन उम्मेदवार
झुम्सादेखि दोभानसम्मको क्षेत्रमा नमुना एकिकृत बस्तीको विकास गर्छौं : गठबन्धन उम्मेदवार सत्ता गठबन्धन पाल्पा क्षेत्र नं. २ का उम्मेदवारहरुले पाल्पाको तिनाउ गाउँपालिकाको झुम्सादेखि दोभानसम्मको क्षेत्रमा नमुुना एकिकृत बस्तीको विकास गर्ने बताएका छन् । उनीहरुले आइतबार तिनाउको सत्यवती, दोभानमा घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै यहाँको क्षेत्रलाई एकिकृत नमुुना बस्तीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।
निर्वाचनमा ७ सय ५३ स्थानीय तहका संरचना उपयोग गरिने
निर्वाचनमा ७ सय ५३ स्थानीय तहका संरचना उपयोग गरिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ ।
करेन्ट लागेर भैँसी मरे
करेन्ट लागेर भैँसी मरे जिल्लाको व्यास नगरपालिका–९ सुनखोल्सी निवासी मनबहादुर थापाका दुई वटा भैँसी करेन्ट लागेर मरेका छन् । विद्युत सुचारु भएको नाङ्गो तार चुँडेर चौरमा लत्रिएको अवस्थामा चर्दै गरेका भैँसीलाई एक्कासि करेन्ट लागेर मृत्यु भएको हो ।
Weather Update