Shittalpati
ब्राह्मण समाज पाल्पाको अध्यक्षमा पुनः नेपाल

पाल्पा, ब्राह्मण समाज नेपाल पाल्पाको अध्यक्षमा पुनः धर्मचन्द्र नेपाल निर्विरोध निर्वाचित भएका छन् । समाजको १२ औं साधारणसभा तथा चौथौं अधिवेशनले नेपालाई अध्यक्षमा पुनः निर्विरोध चयन गरेको हो ।

 अधिवेशनले समाजको उपाध्यक्षमा दुर्गा देवी नेपाल, सचिवमा पुरुषोत्तम अर्याल, सह सचिवमा जयराम सापकोटा, कोषाध्यक्षमा, कृष्ण प्रसाद चालिसेसहित १५ जना सदस्य चयन गरेको छ । यस्तै समाजले यहि पौष २० र २१ मा दाङमा हुन लागेको ब्राह्मण समाज नेपालको केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि समेत चयन गरेको छ । जसमा होमनाथ न्यौपाने, धर्मचन्द्र नेपाल, कृष्ण चालिसे, यादव पोखरेल, हरिशंकर बस्याल,नेत्र न्यौपाने र नारायण बस्याल रहेका छन् ।

 अधिवेशनको समाजका केन्द्रीय सदस्य होमनाथ न्यौपानेले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि न्यौपानेले धर्म, संस्कृतिको संरक्षणका लागि समाज एक जुुट हुुन आवश्यक रहेको औल्याए । कार्यक्रममा सविता भट्टराई, बुद्धि प्रसाद शर्मा,उमनाथ आत्रेय,महेन्द्र पन्थी लगाएतले नेपालमा प्राचिनकालदेखि चलिआएका विद्यमान कला, संस्कृति, धर्म रक्षा,समाज कल्याण र पितृ उद्धारका रितिरिवाज कायम राख्नुु अहिलेको आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा राष्ट्रिय लोक भजन प्रतिष्ठानका केन्द्रीय सदस्य जयप्रकाश उप्रेतीको नेतृत्वको टोलिले लोक संस्कृतिमा आधारित रोचक भजन कृतन प्रस्तुत  गरेका थिए । समाजका अध्यक्ष धर्मचन्द्र नेपालको अध्यक्षता, हरि शंकर बस्यालको स्वागत,  सचिव पुरुषोत्तम अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update