Shittalpati
बालकुमारीमा प्रदर्शनका क्रममा एक जनाको मृत्यु

पाल्पा, ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा युवकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । जुम्ला स्थायी घर भएका उनी भक्तपुर बस्दै आएका थिए । किस्ट अस्पताल स्रोतका अनुसार भने राउतको अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको थियो । आज बिहान कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ईपीएस कार्यालय अगाडि प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीसमेत प्रदर्शनकारीले जलाएका थिए ।

जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै बालकुमारीस्थित सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update