यसरी हुन्छ संस्थागत अनियमितता
शुक्रबार, मंसिर २२, २०८०
नागढुङ्गाबाट दुई किलो सुनसहित तीन पक्राउ
शुक्रबार, मंसिर २२, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
त्रिभुवन विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुईजना पक्राउ
शुक्रबार, मंसिर २२, २०८०
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले गए राति फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको हो ।
अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै
शुक्रबार, मंसिर २२, २०८०
आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै छ । हरेक डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउने गरिन्छ । दक्षिण गोलाद्र्धीय मर्यादित महिनावारी सञ्जालको पहलमा सन् २०१९ देखि यो अभियान मनाइँदै आएको छ ।
त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन
बिहीबार, मंसिर २१, २०८०
त्रिभुवन विश्वविद्यालयले हिमनदी, मौसम परिवर्तन र हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव लगायतका विषयमा शीतकालीन कक्षा (विन्टर स्कुल) सञ्चालन गरेको छ ।
आजको मौसम : पश्चिमी वायुको प्रभाव
बिहीबार, मंसिर २१, २०८०
हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिममा मौसम सामान्यतया सफा रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
पीडा सहेरै हिंसा लुकाउन बाध्यता छन् महिला
बिहीबार, मंसिर २१, २०८०
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशव्यापी रुपमा चलिरहेको छ । हिंसा न्यूनीकरणको उद्देश्यका साथ बर्सेनि यो अभियान चलिरहे पनि हिंसाका घटना बाहिर आउन नसक्नु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ । लैङ्गिक हिंसाविरुद्धको अभियान मनाउँदै गर्दा हिंसाका घटना पनि उत्तिकै बढिरहेका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै
बिहीबार, मंसिर २१, २०८०
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले १९९६ देखि डिसेम्बर ७ लाई नागरिक उड्डयन दिवसको रुपमा मान्यता दिएपछि मनाउन थालिएको हो ।
पाल्पामा शव भेटिएको एक हप्ता बित्यो, परिचय अझै खुलेन
बुधबार, मंसिर २०, २०८०
पाल्पा तिनाउ गाउँपालिका –५ चरचरेस्थित सिद्धार्थराजमार्गको छेउमा शव फेला परेको एक साता भए पनि सनाखत अझै हुन सकेको छैन । मंसिर १४ गते विहीबार दिउँसो ३:३० बजेको चरचरेस्थित सिद्धार्थराजमार्गको छेउमा शव फेला परेको थियो ।
रम्भाको जंगलबाट भरूवा बन्दुक बरामद
बुधबार, मंसिर २०, २०८०
जिल्लाको रम्भा गाउँपालिका–२ फोक्सीङस्थित आँपगैरा जंगलबाट एकनाले भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरी चौकी हुँगीबाट गस्तीमा खटिएको प्रहरीले सडक छेउबाट एक थान भरूवा बन्दुक फेला पारी बरामद गरेको हो ।
रानीवन तथा वडभान वनमा पर्यटन विकास गरिँदै
बुधबार, मंसिर २०, २०८०
सामान्यतः घाँस, दाउरा, स्याउलाका रुपमा मात्र प्रयोग गरिने सामुदायिक वनक्षेत्रमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न लागिएको छ । वन क्षेत्रभित्र सम्भावित क्षेत्रमा पूर्वाधार निर्माणमा उपभोक्ताको सक्रियता बढ्दो छ ।
पाल्पाको सिद्धबाबा मन्दिर नजिकै पुरुष मृत फेला
मंगलबार, मंसिर १९, २०८०
पाल्पाको सिद्धबाबा मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल खण्डको तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा नजिकै अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
मंगलबार, मंसिर १९, २०८०
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ ।


