बुधबारदेखि मनसुन भित्रियो
बिहीबार, जेठ ३२, २०८०
प्रेस युनियन पाल्पाद्वारा प्रकाशित श्रमजीवीको अंक सार्वजनिकीकरण
बुधबार, जेठ ३१, २०८०
प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा प्रकाशित श्रमजीवी बुलेटीनको अंक सार्जनिकीकरण गरिएको छ । युनियनले बुुधबार एक औपचारिक कार्यक्रमकाबिच बुलेटीनको वर्ष १०, अंक १ को सार्वजनिकीकरण गरेको हो ।
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी
बुधबार, जेठ ३१, २०८०
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह लगायतका क्षेत्रमा सञ्चालन गर्ने गरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्योलता देखिएको छ । बुद्धसँग सम्बन्धित यी क्षेत्रमा पर्यटक आवतजावतलाई सहज बनाउन दातृ निकायको अनुदानमा विद्युतीय सवारी ल्याइएको थियो ।
आज विश्व रक्तदाता दिवस मनाइदैं
बुधबार, जेठ ३१, २०८०
आज विश्व रक्तदाता दिवस मनाइदैं छ । रक्तदान सम्बन्धी विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
कारण देखाउ आदेश
मंगलबार, जेठ ३०, २०८०
सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ ।
स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन मन्त्रालयको पत्राचार
मंगलबार, जेठ ३०, २०८०
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालय अन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ ।
पाल्पामा पनि अचाक्ली गर्मी, हुन थाले विद्यालय बन्द
मंगलबार, जेठ ३०, २०८०
देशका अन्य जिल्लाका तुलनामा पाल्पाको हावा, पानी राम्रो मानिन्छ । चिसो मौसममा होस् वा गर्मी मौसममा नै किन नहोस् यहाँको मौसम मध्यम नै रहने गर्छ । तर यस पटक भने तराईमा बढेको अत्याधिक गर्मीको प्रभाव पाल्पामा पनि परेको छ । वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय भई देशका अधिकांश स्थानहरूमा...
रूखबाट लडेर एक महिलाको मृत्यु
सोमबार, जेठ २९, २०८०
जिल्लाको बगनासकाली गाउँपालिका –९ फक्टुङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
रामपुरका विद्यालय गर्मी बढेपछि बन्द
सोमबार, जेठ २९, २०८०
अत्याधिक गर्मी बढेपछि पाल्पाको रामपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थामा विदा दिएको छ । गर्मीका कारण विद्यालय सञ्चालनमा कठिनाइ भएकोले ५ दिन विदा दिइएको रामपुर नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
आज विश्व बालश्रम विरुद्धको दिवस
सोमबार, जेठ २९, २०८०
विश्व बालश्रम विरुद्धको दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । बालश्रमविरुद्ध आइएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रमविरुद्धको दिवसका रूपमा मनाउन थालिएको...
तानसेनमा ‘रक्तदान जीवनदान’ विषयक वक्तृत्वकला
आइतबार, जेठ २८, २०८०
जिल्लाको तानसेनमा ‘रक्तदान जीवनदान’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी श्रीनगर युवा रेडक्रस सर्कलको आयोजनामा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको हो ।
चण्डी सामुदायिक पुस्तकालयको अध्यक्षमा पुनः न्यौपाने
आइतबार, जेठ २८, २०८०
तानसेन नगरपालिका –१ मा रहेको चण्डी सामुदायिक पुस्तकालयको अध्यक्षमा पुनःसूर्य प्रसाद न्यौपाने चयन भएका छन् । पुस्तकालयको दोस्रो साधारणसभा तथा प्रथम अधिवेनले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।
मनसुन भित्रिन अनुकूल वातावरण बन्दै
आइतबार, जेठ २८, २०८०
पछिल्लो डेढसाता मुलुकका धेरै स्थानमा अधिकतम् तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो । गर्मीका कारण तराई–मधेशमा कृषिदेखि आम मानिसको जनजीवन अस्तव्यस्त हुँदा संसद्देखि सामाजिक सञ्जालसम्म विभिन्न प्रतिक्रिया र आवाज उठेका थिए ।


