Shittalpati
छोरी जन्मिए बैंक खातामा पाँच हजार
छोरी जन्मिए बैंक खातामा पाँच हजार स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गरी उसले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा कालीगण्डकी नदीको किनारमा अवस्थित वशिष्ठ गुफा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने भएको छ । यसका लागि विभिन्न संरचना बनाएर व्यवस्थित गरिन लागिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ स्थित भुलादीखोलाको भुद्रङ्गघाटमा रहेको गुफालाई स्थानीय सरकारले व्यवस्थित गर्न पछिल्लो समय विभिन्न पूर्वाधार निर्माणमा जोड दिएको छ ।
पूर्वखोलामा जुनियर तथा यूवा रेडक्रस गोष्ठी
पूर्वखोलामा जुनियर तथा यूवा रेडक्रस गोष्ठी जिल्लाको पूर्वखोला गाउँपालिकामा जिल्ला स्तरीय जुनियर तथा यूवा रेडक्रस सर्कल गोष्ठी भएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र उद्धबुद्ध मावि तथा उद्धबुद्ध कलेजको आतिथ्यतामा गोष्ठी भएको हो ।
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ  ।
सुधारिएनन् आप्रवासी कामदारका समस्या
सुधारिएनन् आप्रवासी कामदारका समस्या नेपालसहित विश्वभर आप्रवासी कामदारको हक–अधिकारको वकालत गर्दै हरेक वर्ष डिसेम्बर १८ लाई ‘आप्रवासी कामदार दिवस’को रुपमा मनाइँदै आइएको छ । संयुक्त राष्ट्र संघले ‘सबै आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि’ डिसेम्बर १८, १९९० मा पारित गरेको थियो ।
प्लास्टिकका सामग्रीले चुँदारा समुदायको पेसा संकटमा
प्लास्टिकका सामग्रीले चुँदारा समुदायको पेसा संकटमा गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय संकटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।
आज विवाह पञ्चमी
आज विवाह पञ्चमी त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज देशभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । द्धत्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।
आज राष्ट्रिय झण्डा दिवस मनाइँदै
आज राष्ट्रिय झण्डा दिवस मनाइँदै राष्ट्रिय एकताको प्रतीकका रुपमा रहेको झण्डाको सम्मानमा आज छैठौं राष्ट्रिय झण्डा दिवस मनाइँदैछ । झण्डालाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको दिनको सम्झनामा हरेक वर्षको डिसेम्वर १६ अर्थात् पुस १ गतेका लिन यो दिवस मनाउने गरिएको हो ।
लागुऔषसहित दुईजना पक्राउ
लागुऔषसहित दुईजना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध हतियार तथा लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
रिपोर्ट नेपालका सम्पादक पाण्डेयको निधन
रिपोर्ट नेपालका सम्पादक पाण्डेयको निधन ‘रिपोर्ट नेपाल’ अनलाइनका सम्पादक एवं क्रियाशिल पत्रकार महेन्द्रप्रसाद पाण्डेको ५३ वर्षको वर्षको उमेरमा निधन भएको छ । बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका पाण्डे अकस्मात विरामी भई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
गुल्मीका किसान मौरीपालनमा आकर्षित
गुल्मीका किसान मौरीपालनमा आकर्षित गुल्मीको ग्रामीण भेगका किसान पछिल्लो समयमा मौरीपालनमा आर्कषित हुन थालेका छन् । मौरीपालनबाट कम लगानीमा धेरै आम्दानी हुने भएपछि मौरीपालन गर्ने किसानको संख्या बढ्न थालेको हो ।
चिसो बढे पनि पानी नपर्ने
चिसो बढे पनि पानी नपर्ने पाल्पासहित देशका अधिकांस भागमा जाडो बढेको छ । धेरै ठाउँमा राम्रोसँग घाम लागेको छैन । कतिपय स्थानमा तुवाँलो लागेको छ । तुवाँलोले वायुमण्डलमा खराबी आएका कारण जनजीवन प्रभावित भएको छ । एलर्जी, दम र रुघाका बिरामी बढेका छन् ।
Weather Update