तानसेनबाट ६६ हजार रकमसहित १० जुवाडे पक्राउ
आइतबार, असार ३, २०८०
पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता : मेची राजमार्ग अवरुद्ध
आइतबार, असार ३, २०८०
गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन्
कालीगण्डकी नदीमा बेपत्ता किशोरी मृत फेला
आइतबार, असार ३, २०८०
कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएकी किशोरी मृत फेला परेकी छन् । जिल्लाको रामपुर नगरपालिका–८, भुजातस्थित कालीगण्डकी नदीमा नुुहाउने क्रममा जेठ ३२ गते बेपत्ता भएकी रामपुर –८, भुजातकी १४ वर्षीया पार्वती राम्जाली मृत फेला परेकी हुन् ।
पुल बनेपछि सकसमा ‘बोटे’
आइतबार, असार ३, २०८०
गाउँ–गाउँ पुग्नका लागि सडकका ट्रयाक खोलिए । नदी र सामान्य खोल्सामा पुल बने । दुर्गमका बासिन्दाले विकास र समृद्धिको महसुस गर्न सक्ने अवस्था आयो तर वर्षौदेखि नदी किनारमा डुंगा चलाएर जिविकोपार्जन गर्दै आएका बोटे भने थप गरिबीको दुुश्चक्रभित्र फस्दै गए । अहिले कालीगण्डकी नदीका हरेक घाटहरुमा पुल निर्माण भएका छन् ...
तिनाउ खोलामा डुबेर गुल्मीका एक किशोरको मृत्यु
शनिबार, असार २, २०८०
तिनाउ खोलामा डुबेर गुल्मीका एक किशोरको मृत्युु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबास्थित तिनाउ खोलाको ड्यामसाइडममा पौडी खेल्ने क्रममा शनिबार गुल्मी सत्यवती गाउँपालिका–७, का १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको हो ।
तानसेन नगर सरकारले गर्यो खानेपानी उपभोक्ता समिति विघटन गर्न पत्राचार
शनिबार, असार २, २०८०
जिल्लाको तानसेन नगर सरकारले तानसेन खानेपानी उपभोक्ता समिति विघटन गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । खानेपानी उपभोक्ता समिति अवैधानिक बाटोबाट चलेको भन्दै हालको समिति विघटन गरी नयाँ तदर्थ समिति गठन गर्न नगर सरकारले खानेपानी मन्त्रालयल, खानेपानी तथा ढल व्यवस्थापन विभाग र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनालाई पत्रचार गरेको...
नवनियुक्त प्रधानन्यायाधीश कार्कीको सपथ
शुक्रबार, असार १, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवनमा आज आयोजित समारोहमा उनले सपथ लिएका हुन् ।
आज मगर जातिको भूमे पर्व
शुक्रबार, असार १, २०८०
मगर समुदायको प्रमुख चाड मध्ये भूमे (भुम्या) पर्व एक हो । मगर समुदायले यो पर्व आज धुमधामसँग मनाउँदै छन् । तीन दिनसम्म मनाइने यो पर्व भूमिको पूजा गरी नाचगान गरेर मनाउने गरिन्छ । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गर्ने प्रचलनलाई आफ्नो मुख्य चाडका रूपमा...
गर्मीले पश्चिमी मधेसको जनजीवन प्रभावित
बिहीबार, जेठ ३२, २०८०
रूपन्देहीको भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा तापक्रम ४३ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित भएको छ । उच्च तापमान र बढ्दो गर्मीका कारण बजार सुनसान देखिएका छन् भने स्थानीयको दैनिकी प्रभावित बनेको छ ।
रामपुरमा निःशुल्क लोक सेवा आयोग तयारी कक्षा
बिहीबार, जेठ ३२, २०८०
जिल्लाको रामपुर एक महिने निःशुल्क लोकसेवा आयोग तयारी कक्षा भएको छ । लोक सेवा आयोगमा अभिरुची राख्ने र परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालन गरिएको कार्यक्रम बुधबार एक कार्यक्रमका विच समापन गरिएको हो ।
कालीगण्डकी नदीमा नुहाउने क्रममा एक बालिका बेपत्ता
बिहीबार, जेठ ३२, २०८०
कालीगण्डकी नदीमा नुहाउने क्रममा एक बालिका बेपत्ता भएकी छिन् । आज रामपुर नगरपालिका–८ भुजात स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा १४ वर्षिय पार्वती रामजाली डुबी बेपत्ता भएकी हुन् ।


