शान्ति समाजले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस
मंगलबार, वैशाख १९, २०८०

रैनादेवी छहरामा रुखबाट लडेर एकको मृत्यु
सोमबार, वैशाख १८, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ छचुवामा काफलको रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । घर नजिकैको जंगलमा काफल टिप्न गएका छचुवाका १८ वर्षीय सूर्य कुमाल रुखबाट लडेर घाइते भएका थिए ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैं
सोमबार, वैशाख १८, २०८०
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।

महिलालाई व्यावसायिक बनाउन बाख्रा उपहार
सोमबार, वैशाख १८, २०८०
तरकारी खेतीमा आवद्ध रहेकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका–६ की उनले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन गरेकी हुन् ।

पाठ्यपुस्तक छपाइ सम्पन्न
आइतबार, वैशाख १७, २०८०
नेपाल सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयमा सबै विद्यार्थीले सहजरुपमा निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने व्यवस्था मिलाइएकाले पाठ्यपुस्तक अभाव भएमा सूचना दिन आग्रह गरेको छ ।

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना
आइतबार, वैशाख १७, २०८०
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान हुँदै
आइतबार, वैशाख १७, २०८०
रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ । निगमको डिएचसी–६ ट्विनअटर जहाजले शुक्रबार रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो ।

गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुुईको मृत्यु
शुक्रबार, वैशाख १५, २०८०
गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका र सत्यवती गाउँपालिकामा भएका छुुट्टाछट्टै घटनामा दुई जनाको मृत्यु भएको हो । यहाँको इस्मा गाउँपालिका–२ सामाचौरमा कुलोमा डुवेको अवस्थामा एक महिलाको शव फेला परेको छ । सोही ठाउँकी ३७ वर्षीया माया खत्री सामचौर–सेराको कुलोमा डुबेको अवस्थामा मृत...

कैलाशनगर मिडियाद्वारा भित्तेपात्रो सार्वजनिक
बिहीबार, वैशाख १४, २०८०
कैलाशनगर मिडियाले नयाँ वर्ष २०८० को भित्तेपात्रो सार्वजनिक गरेको छ । बिहीबार तानसेनको भगवतीटोलमा रहेको मिडियाको प्रधान कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ वर्षको भित्रेपात्रो सार्वजनिकसँगै शुुभकामना आदानप्रदान गरिएको हो ।

बगनासकालीमा भिरबाट लडेर एक पुरुषको मृत्यु
बिहीबार, वैशाख १४, २०८०
जिल्लाको बगनासकाली गाउँपालिका–७ खहरेखोलाका एक पुुरुषको भिरबाट लडेर मृत्यु भएको छ । विहिबार विहान ३ बजे घरबाट उठेर हिडेका ४० वर्षीय केशवबहादुर बूढाथोकीको घर नजिकैको खहरेखोला भिरबाट लडेर मृत्यु भएको हो ।

तिनाउ खोलामा बेपत्ता किशोर मृत फेला
बिहीबार, वैशाख १४, २०८०
जिल्लाको तिनाउ गाउँपालिका–३ ड्यामसाइडस्थित तिनाउ खोलामा बुधबारदेखि वेपत्ता रहेका एक किशोर मृत फेला परेका छन् । पौडी खेल्ने क्रममा वेपत्ता भएका सिद्धार्थ नगरपालिका–८, गल्लामण्डिका १७ वर्षीय शिशिर उपाध्याय विहीबार सोही ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।

भिरकोटमा माटो परीक्षण ल्याब
बिहीबार, वैशाख १४, २०८०
स्याङ्जाको भिरकोटमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको छ । भिरकोट नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा भिरकोट–२ मा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।

लुम्बिनीमा डढेलोले वन सखाप, स्वास्थ्यमा खराब
बुधबार, वैशाख १३, २०८०
बुटवल उपमहानगरपालिका–१२ निवासी दीनानाथ पोखरेल बिहानी हिँडाइमा निस्कन्छन् । नियमित घरबाट करिब तीन किलोमिटर राजमार्ग उत्तरमा पर्ने जङ्गल छेउछाउको भित्री सडकमा बिहानी हिँडाइ गर्ने उनलाई आजभोलि केही असहज भएको बताउन्छन् ।