Shittalpati
लायन्सको चौथो क्याबिनेट बैठक तानसेनमा

पाल्पा, सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लबको चौथो क्याबिनेट बैठक पाल्पाको तानसेनमा भएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको क्याबिनेट बैठक शनिबार तानसेनस्थित श्रीनगर डवली परिषरमा भएको हो । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ पि नेपालको आयोजना र पाल्पामा सञ्चालित एरिया –२ सबै लायन्स क्लवहरुको आतिथ्यतामा बैंठक भएको हो ।

बैंठकमा क्लबहरुले गरेका कामको समीक्षा तथा आगामी कार्ययोजनाको विषयमा छलफल गरिएको थियो । पाल्पा पर्यटकीय क्षेत्र भएकाले त्यसको विकास र विस्तारमा टेवा पुुगोस् भन्ने उद्देश्यले लायन्सको क्याबिनेट बैंठक तानसेनमा राख्न सफल भएको कार्यक्रमका संयोजक तथा एरिया –२ का चिफ लायन भिमबहादुर श्रेष्ठले बताए ।

 बैंठकको उद्घाटन तथा स्वागत  लायन्स डिष्ट्रिक गभर्नर पिएमजेएफ लायन अर्जुनमान सैजुले गरेका थिए ।  बैंठकलाई स्वागत गर्दै उनले पाल्पा पर्यटकीय गन्तव्यमा सुरक्षित छ भन्ने सन्देश दिन, लायन्स क्लबको इतिहासमा इटा थप्न, सबै लायन्सको आत्मसम्मान बढाउन र लायन्सहरुको संस्थागत विकासमा योगदान दिन बैठक आयोजना गरिएको बताए ।  उनले भने ‘ शुन्दर नगरी तानसेनमा स्थानीय उत्पादन, कला र संस्कृतिको प्रवद्र्धन, स्थानीय व्यापार, व्यवसाय, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्धन, धार्मिक, साँस्कृतिक र प्राकृतिक क्षेत्रको सम्भावनाको खोजी गर्न बैठकले सहयोग पुग्ने विश्वास लिएका छौं ।’ लायन सैजुले सामाजिक कार्यमा निरन्तर लागेकै कारण क्लबले विभिन्न अवार्डहरु जित्न सफल भएको बताए । उनले क्लवले अवार्ड पाउनुु भने कै क्लवमा आवद्ध सबै सदस्यको सफलता रहेको  धारणा व्यक्त गरे । सैजुुलले अहिलेसम्म सम्मानित भएकाहरुलाई जिम्मेवारी बोध गर्न समेत आग्रह गरे । उनले भने ‘ सफलता र सम्मान पायौं भन्दैमा आफ्नो जिम्मेवारी भने विर्सन हुँदैन ।’

 

बैंठकमा क्लवका निवर्तमान गभर्नर लायन नवराज न्यौपाने, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर लायन बालराम भट्टराई, वर्ष २०२४/२०२५ का निर्वाचित गभर्नर लायन पुुरुषोत्तम भक्त प्रधानाङ्ग लगायतले क्लवको वर्तमान अवस्था, भावी योजनाका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।  लायन्स क्लब  अन्तर्राष्ट्रिय  निर्देशक लायन बालकृष्ण बुर्लाकोटी, मल्टिपल काउन्सिल चियर पर्सन लायन सिवी चन्द र पूर्व गभर्नर लायन अरुण प्रताप राणाले भिडियोमार्फत पठाएका शुभकामना प्रस्तुत गरिएको थियो ।  

बैंठकमा डिष्ट्रिक्टका जोन तथा रिजोन चियरपर्सन तथा क्याबिनेट अफिसर्सहरुले आ–आफ्नो क्षेत्रमा भएका मानवीय एवं सामाजिक कार्यको प्रगति विवरण तथा भविष्यमा गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए । बैठकले क्याबिनेट सेक्रेटरी बिनोद खरेलले प्रस्तुत गरेको सचिवको प्रतिवेदन  र  कोषाध्यक्ष दिनेश प्रसाद श्रेष्ठको प्रतिवेदन पारित गरेको छ । वर्ष २०२३/२०२४ का लागि चयन भएको नेतृत्वको यो अन्तिम क्याबिनेट बैंठक रहेको  कोषाध्यक्ष  श्रेष्ठले बताए ।  उनका अनुसार क्लबमा ३ हजार ७ सय सदस्य रहेका छन् । क्लवले अहिलेसम्म ५ हजार बढी गतिविधि गर्न सफल भएको बताइएको छ ।

क्लवले कार्यक्रमकै अवसरमा लायन्स क्लव अफ काठमाडौ  मालरानी नयाँ सदस्य क्लवको रुपमा जोडेको छ ।  बैठकको अवसरमा उत्कृष्ट कार्य गर्ने क्लव, क्लवका अध्यक्ष एवं पदाधिकारीहरु, जोन तथा रिजोन चियर पर्सनहरुलाई सम्मान गरिएको थियो । बैठकमा पाल्पा, कपिलवस्तु, काठमाडौ,रुपन्देही ,नवलपरासी जिल्लाका १ सय ६९ क्लवका ७ सय बढी लायन्सकर्मीहरुको  उपस्थिति रहेको डिष्ट्रिक सचिवालय बुटवलका सचिव भुपति न्यौपानेले जानकारी दिए । लायन्स डिष्ट्रिक गभर्नर  पिएमजेएफ अर्जुनमान सैजुको सभापतित्व, लायन्स सुनिता राणाले झण्डा अभिनन्दन, कार्यक्रम संयोजक तथा एरिया –२ का चिफ भिमबहादुर श्रेष्ठको धन्यवाद ज्ञापन, क्याबिनेट सेक्रेटरी बिनोद खरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।  क्लवहरुले सामाजिक रुपमा सरसफाइ, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा उल्लेखीय कार्य गर्दै आएका छन् ।

 

 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update