Shittalpati
तानसेनमा विद्यार्थीले गरे टोल सरसफाइ  

पाल्पा, विश्व वातावरण दिवसको अवसरमा बुधबार तानसेनमा सरसफाइ गरिएको छ । पाल्पा प्यारागन बोडिङ्ग स्कूूलमा अध्ययनरत विद्यार्थीहरूद्वारा गठित ग्रीन युथ क्लवको आयोजनामा टोल सरफाइ गरिएको हो ।

यहाँका प्यारागन बोडिङ्ग स्कूूल, पाल्पा आवासिय विद्यालय, न्यून होराइजन माध्यमिक विद्यालय, पद्यम पव्लिक माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षकहरुले संयुक्त रुपमा भगवती टोलका विभिन्न क्षेत्रमा पुुगेर सरसफाइ गरेको प्यारागनका शिक्षक रामुु तिमिल्सीनाले बताए ।  

वातावरण र संरक्षणसँग सम्बन्धित प्लेकार्ड र ब्यानर बोकेका विद्यार्थी, शिक्षक र विभिन्न संस्थाहरुका व्यक्तिहरूले भगवटी टोलस्थित स्कूूलबाट आँखा अस्पताल, पाल्पा  आवासिय क्षेत्र, अन्नपूर्ण गार्डेन परिसर, शितलपाटी हुँदै शिवालय मन्दिरसम्मको सडक किनारमा फालिएका प्लास्टिकजन्य फोहोरहरू संकलन गर्दै परिक्रममा गरेका थिए । प्लास्टिकजन्य फोहोरका कारण वातावरणमा नकारात्मक प्रभाव पारेको भन्दै विद्यार्थीहरूले सचेतनामूलक प्रभातफेरि एवं सरसफाइ कार्यक्रम गरेको पाल्पा प्यारागन स्कूल व्यवस्थापन समितिका अध्यक्ष जगदीश भट्टराईले बताए । विद्यार्थीहरूलाई संरक्षण शिक्षा दिन सकेको खण्डमा समाज र देश परिवर्तन हुने भएकाले विश्व वातावरण दिवसको दिन विद्यार्थीहरुले सरसफाइ गरेको उनले बताए । अध्यक्ष भट्टराईले भने ‘विद्यार्थीहरूलाई पढाइको अतिरिक्त वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने शिक्षा दिनुु पनि अहिलेको आवश्यकता हो, त्यसलाई हामीले महसुुस गरेका छौं ।’ विद्यार्थीले हरेक वर्ष दिवसका दिन वातावरण सरसफाई गर्दै आएका छन् ।

 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update