भारतमा एकैदिन ५७ हजार संक्रमित
आइतबार, साउन १८, २०७७

नदीजन्य पदार्थको चोरी निकासी रोक्न आग्रह
शनिबार, साउन १७, २०७७
प्रदेश पाँचको अर्थ,उद्योग तथा पर्यटन समितिले खानी उत्खनन र नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रदेश सरकारलाई आग्रह गरेको छ । समितिका सभापति दधिराम न्यौपानेको अध्यक्षतामा बुटवलमा बसेको बैठकले खानी तथा नदीजन्य पदार्थको व्यवस्थापन र सदुपयोग भए त्यसबाट समृद्धि हासिल गर्न सकिने जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो
शनिबार, साउन १७, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप तीन सय १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २० हजार ८६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय १५ जना संक्रमित...

खोलामा डुबेर रामपुरमा एक बालकको मृत्यु
शनिबार, साउन १७, २०७७
जिल्लाको रामपुर नगरपालिका ५ भम्बक स्थित भुलादी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा खोलामा पुगेका पूर्वखोला गाउँपालिका ३ अर्खल डाँडा घर भई हाल रामपुर ५ मटेरी डेरामा बस्दै आएका सन्तोष ठाडाको २ वर्षिय छोरा विप्लप ठाडाको ज्यान गएको हो ।

शुद्धोधनको दर्वाह पार्कमा तोडफोड
शनिबार, साउन १७, २०७७
प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको रुपन्देहीको शुद्धोधन गाउँपालिका– ५ स्थित दर्वाह पार्क (उद्यान) मा तोडफोड भएको छ । शुद्धोधन गाउँपालिकाले पत्रकार सम्मेलन गरी छठ पूजा गर्ने स्थान र मसानघाटको व्यवस्था गर्ने विषयमा वार्ता भइरहेको अवस्थामा एक्कासि नेपाली काँग्रेस वार्ता टोलीका संयोजक शेरबहादुर काफ्ले, विपीनकुमार कुर्मी र कृष्ण चौधरीको पूर्वयोजनामा...

नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु
शुक्रबार, साउन १६, २०७७
नेपालमा कोरोना संक्रमणबाट शुक्रबार थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप चार जनाको कोरोनाले मृत्यु पुष्टि भएको हो ।

गुल्मी काँग्रेसद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
शुक्रबार, साउन १६, २०७७
नेपाली काँग्रेस गुल्मीले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी शर्मालाई ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् ।

गुल्मीमा ३० जना कर्मचारी काजमा, २२ जनाले हाजिर गरेनन्
शुक्रबार, साउन १६, २०७७
जिल्लामा रहेका सरकारी कार्यालय मध्ये केही सरकारी कार्यालयका ३० जना कर्मचारी काजमा र २२ जनाले हाजिरनै नगरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले लामो समयपछि गरेको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।

बिरामीको स्वास्थ्य अवस्था बुझ्न सांसद राना अस्पताल
बिहीबार, साउन १५, २०७७
प्रदेश पाँचका सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले लुम्बिनी मेडिकल कलेज प्रभास (एलएमसी) मा उपचाररत रामपुरका बिरामीहरुको स्वास्थ्य अवस्था बुझेका छन् । बिहीबार सांसद् राना सहितको टोलीले अस्पतालमै पुगी पितृप्रसाद ग्रहण गर्ने क्रममा खिर खाएर बिरामी भई एलएमसीमा उपचाररत विरामीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका हुन् ।

पाल्पामा थप दुई जना कोरोना संक्रमित निको भए
बिहीबार, साउन १५, २०७७
जिल्लामा विहिबार थप दुई जना कोरोना संक्रमित निको भएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका एक जना र निस्दी गाउँपालिकाका एक जना संक्रमित निको भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयद्वारा सरकारी कार्यालयको अनुगमन
बिहीबार, साउन १५, २०७७
जिल्ला प्रशासन कार्यालय गुल्मीद्वारा सरकारी कार्यालयहरुको अनुगमन गरिएको छ । सदरमुकाम तम्घासमा रहेका विभिन्न २१ वटा सरकारी कार्यालयहरुको अनुगमन गरिएको हो ।

रामपुरमा खिर खाएर विरामी हुनेको संख्या थपिदै, विरामी मध्ये दुई जना गम्भीर
बुधबार, साउन १४, २०७७
जिल्लाको रामपुर नगरपालिका ७ मा खिर खाएर विरामी हुनेहरुको संख्या थपिदै गएको छ । मृत्यु संस्कारमा खिर खाएका मध्ये मंगलबार २९ जना विरामी भएकोमा बुधबार साँझसम्ममा विरामीको संख्या थपिएर ७५ पुगेको छ ।

पाल्पामा मास्क नलगाई हिड्ने ४३ जना कारवाहीमा
बुधबार, साउन १४, २०७७
जिल्लामा मास्क नलगाई घरबाहिर हिड्नेलाई प्रहरीले कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालयले संक्रमण रोग ऐन २०२० र नेपाल सरकारले जारी गरेको लकडाउनको अवज्ञा गरी माक्स नलगाई हिड्डुल गर्ने ४३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको हो ।