Shittalpati
गुल्मी पहिरो पिडितलाई आर्थिक सहयोग
गुल्मी पहिरो पिडितलाई आर्थिक सहयोग जिल्लाको वामी नमूना समाज मुसिकोटले मुसिकोट र इश्माका बाढी पहिरो प्रभावितहरुलाई नगद सहयोग रकम हस्तान्तरण गरेको छ । समाजले एक कार्यक्रमका बिच मुसिकोट नगरपालिका २ का एक वेपत्ता व्यक्तिको घरपरिवारलाई ५ हजार, अन्य विस्थापित घरपरिवारलाई ७५ हजार गरी ८० हजार नगद रकम सहयोग हो । उक्त रकम मुसिकोट नगरपालिका २...
माथागढीका स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री
माथागढीका स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री जिल्लाको माथागढी गाँउपालिकाले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामग्री वितरण गरेको छ । गाउँपालिकाले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत विपन्न गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि कोभिड १९ सम्बन्धी सुरक्षा सामग्री वितरण गरेको हो ।
बीपी स्मृतिः नेविसंघ पाल्पाले सम्झियो यसरी
बीपी स्मृतिः नेविसंघ पाल्पाले सम्झियो यसरी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ पाल्पाले संस्थापक एवं महामानव विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको छ । नेविसंघले तानसेनमा वृक्षारोपण, सरसफाई र फरक क्षमताका विद्यार्थीहरुलाई खाना खुवाएर बीपी स्मृति दिवस मनाएको हो । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बीपीको...
पाल्पाका स्थानीय तहमा बेरुजुको थुप्रो,  ४५ करोड ६१ लाख बढी
पाल्पाका स्थानीय तहमा बेरुजुको थुप्रो, ४५ करोड ६१ लाख बढी जिल्लाका स्थानीय तहमा व्यापक बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा गरेको लेखापरिक्षणमा जिल्लाका १० वटा पालिकाहरुमा ४५ करोड बढी बेरुजु देखिएको हो । कुनै पनि कार्यालयमा बेरुजु देखिनु भनेको त्यहाँ वित्तीय अनुशासन कायम हुन नसक्नु हो । यसले सम्बन्धित कार्यालयमा अपारदर्शी तवरबाट आर्थिक क्रियाकलाप भइरहेको...
बी.पी. स्मृति दिवसको सार्थकता
बी.पी. स्मृति दिवसको सार्थकता प्रजातान्त्रिक आन्दोलनका अग्रणी विचारक बी.पी. कोइरालाको ३८ औं स्मृति दिवस आज मनाईदै छ । नेपाली काँग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बी.पी. कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस तथा काँग्रेसका विभिन्न भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाउन गइरहेका छन् ।
बी.पी.का पूर्वज र ग्रहदशा
बी.पी.का पूर्वज र ग्रहदशा विश्वश्वेरप्रसाद कोइराला अर्थात् बी.पी. कोइराला कुनै साधारण व्यक्ति थिएनन् । उनी महामानव थिए । किनकि उनका पूर्वजहरु नै महामानव थिए । बी.पी. कोइरालाका पूर्वजहरुको अध्ययन गर्ने हो भने उनी भगवान अङ्गिराका वंशज हुन् । भगवान् अङ्गिराका छोरा मौद्गलय र मौद्गलयको छोरा मुदगलायन थिए । मुदगलायनका छोरा लम्वोदर र लम्वोदरका छोरा...
बी.पी. कोइराला :  नेताका रुपमा स्थापित व्यक्तित्व
बी.पी. कोइराला : नेताका रुपमा स्थापित व्यक्तित्व नेपाली काँग्रेसका जननी भनिने महा मानव बी.पी. कोइरालालाई आज देश भरका काँग्रेसका कार्यकर्ताहरुले संस्मरण गर्ने दिन हो । काँग्रेस बिना देशमा आमूल परिर्वतन गर्न संभव छैन । काँग्रेसले नै आम जनतालाई रैतिबाट मालिक बनाउने, मुलुकमा लोकतान्त्रिक व्यवस्थाको स्थापना गर्ने हो भन्ने व्यक्ति महामानव बी.पी. कोइराला नै हुन् । बी.पी.कोइरालालाई दुरदर्शी...
शून्य प्रतिशत ब्याजमा सुजुकी बाइक
शून्य प्रतिशत ब्याजमा सुजुकी बाइक शून्य प्रतिशत ब्याजमा सुजुकी बाईक तथा स्कुटर खरिद गर्न सकिने भएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजी अटोमोबाईल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै शून्य प्रतिशत ब्याजमा सुजुकी बाईक तथा स्कुटर खरिद गर्न सकिने व्यवस्था मिलाएको हो ।
गुल्मी काँग्रेसको नजर पहिरो प्रभावित क्षेत्रमा
गुल्मी काँग्रेसको नजर पहिरो प्रभावित क्षेत्रमा केही समय अघि जिल्लाको इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाका पहिरोका कारण मानविय तथा भौतिक क्षति भयो । असार १८ गतेको अविरल वर्षासँगै आएको पहिरोमा परी इस्मा गाउँपालिका–१ मल्दीका दुई जनाले अकालमै ज्यान गुमाउनुपर्‍यो भने, ६ जना गम्भीर घाइते भए । एक सय ९४ घर विस्थापित छन् । त्यहाँ अहिलेसम्म विद्युत,...
लायन्स क्लव अफ पाल्पाद्वारा वृक्षारोपण
लायन्स क्लव अफ पाल्पाद्वारा वृक्षारोपण जिल्लामा क्रियाशिल सामाजिक संस्था लायन्स क्लव अफ पाल्पाले वृक्षारोपण गरेको । क्लवले तानसेनको नारायण मन्दिर परिसर मा एक कार्यक्रमका बिच वृक्षारोपण गरेको हो । मन्दिर परिसरलाई हरियाली र सरसफाई गर्ने उद्देश्यले वृक्षारोपण गरिएको क्लवले जनाएको हो । क्लवले मन्दिर परिसरमा धुपी, चाप, रुद्राक्ष, बकाइनो लगायतका ५० वटा बिरुवा रोपेको छ
बाल विवाहमा संलग्न चार पक्राउ
बाल विवाहमा संलग्न चार पक्राउ बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
Weather Update