कृषि क्षेत्रमा बैंंकहरुले १५ प्रतिशत लगानी गर्नुपर्ने
आइतबार, साउन ४, २०७७
रम्भा गाउँ सरकारको बजेट, कृषि र पशुपालन मार्फत रोजगारमा केन्द्रीत
आइतबार, साउन ४, २०७७
जिल्लाको रम्भा गाउँपालिकाले आगमी आर्थिक वर्षको बजेट कृषि र पशुपालन मार्फत रोजगारमा केन्द्रीत गरेको छ । गाउँ सरकारले आफ्नो गाउँ आत्मनिर्भर बनाऔँ अभियानका साथ बजेटको ठूलो हिस्सा २ करोड ७७ लाख ५० हजार कृषि र पशुपालन मार्फत रोजगारमा केन्द्रीत गरेको हो । गाउँपालिकाले कोरोना भाइरसको महामारीबीच असहज परिस्थितिमा बजेट ल्याइएको...
नेपालले भारतसँग मित्रता चाहेको छ : मन्त्री ज्ञवाली
शनिबार, साउन ३, २०७७
परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले नेपालले भारतसँग मित्रता चाहेको बताएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालयमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसाललाई कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पिसिआर मेसिन हस्तान्तरण गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।
तानसेन–बुटवल सडक पुनःअवरुद्ध, खुल्न केही दिन लाग्ने
शनिबार, साउन ३, २०७७
सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पुनःपहिरो खसेको छ । शुक्रबाररातिदेखि सडक माथिबाट खसेको पहिरोका कारण बिहानैदेखि यातायात अवरुद्ध भएको छ, भने नालीमा रहेको ट्रक समेत पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक पुरिए पनि मानविय क्षति भने भएको छैन ।
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु, पाँच घाइते
शनिबार, साउन ३, २०७७
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । शनिबार प्रदेश पाँचका बाँके, रुपन्देही, कपिलवस्तु र गुल्मीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु र पाँच घाइते भएका हुन् ।
गुल्मीदरबार गाउँपालिकाद्वारा कृषकलाई बाँदर धपाउने यन्त्र
शनिबार, साउन ३, २०७७
जिल्लाको एक स्थानीय तहले कृषकहरूलाई बाँदर धपाउने यन्त्र दिएको छ । गुल्मीदरबार गाउँपालिकाले उक्त यन्त्र कृषकहरुलाई हस्तान्तरण गरेको हो ।
बाढीका कारण ७६ जनाको मृत्यु
शनिबार, साउन ३, २०७७
भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।
लागुऔषध दुरुपयोग र सचेतना
शनिबार, साउन ३, २०७७
विगत ३२ वर्षदेखि जुन २६ तारिखका दिन विश्वभर वल्र्ड ड्रग डे मनाउँदै आए अनुरूप यसवर्ष पनि ‘राम्रो हेरचाहका लागि उत्तम ज्ञान (बेटर नलेज फर बेटर केयर) भन्ने नाराका साथ यो दिवस मनाइयो । लागुऔषधको प्रयोग र अवैध ओसार–पसार विश्वकै लागि साझा समस्या रहँदै आएको छ । यस परिप्रेक्ष्यमा ७ डिसेम्वर...
खोलाले बगाउँदा एक पुरुष बेपत्ता
शनिबार, साउन ३, २०७७
खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ पट्टाचौरमा रिडिखोला तर्ने क्रममा सन्धिखर्क नगरपालिका –८ का ४० वर्षीय देब बहादुर मुखिया बेपत्ता भएका हुन् ।
पहिरो खस्दा तानसेन–बुटवल सडक पुनःअवरुद्ध, ट्रक समेत पुरियो
शनिबार, साउन ३, २०७७
सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पुन ःपहिरो खसेको छ । गएरातिदेखि सडक माथिबाट खसेको पहिरोका कारण बिहानैदेखि यातायात अवरुद्ध भएको छ, भने नालीमा रहेको ट्रक समेत पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मौद्रिक नीतिमार्फत ऋण तिर्ने म्याद थपियो
शुक्रबार, साउन २, २०७७
कोरोनाबाट प्रभावित क्षेत्रका ऋणीहरूका लागि ऋण तिर्ने अवधि थपिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कोभिड– १९ का कारण अर्थतन्त्रमा पारेको प्रभावलाई सहज बनाउन ऋणीहरूका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप गरेको हो ।
पाल्पामा थप दुई जनामा संक्रमण
शुक्रबार, साउन २, २०७७
जिल्लामा शुक्रबार थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रामपुर नगरपालिकाका एक जना पुरुष र तानसेन नगरपालिकाका एक जना महिलामा संक्रमण देखिएको हो । योसँगै रामपुर नगरपालिकामा एक सय १७ र तानसेन नगरपालिकामा १४ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेन...


