Shittalpati
सवारी दुर्घटनामा एकको मृत्यु

बुटवल । सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । रुपन्देहीको सैनामैनामा आईतबार भ्यान र ट्रक एक आपसमा ठोकिदाँ प्युठान स्वर्गद्वारी नगरपालिका ६ बस्ने ४० वर्षीय होमबहादुर घर्तीमगरको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्र्तगत सैनामैना १ बनकट्टामा बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु २ च २०२१ नम्बरको पिकअपलाई विपरित दिशाबाट आउँदै गरेको लु १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दिँदा घर्तीको मृत्यु भएको भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सवारी दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा सोही स्थानका ३६ वर्षीय खेमराज परियार, २५ वर्षका यमराज घर्तीमगर, ३५ वर्षकी चनु घर्तीमगर, पिकअपका चालक २३ वर्षीय तेजेन्द्रबहादुर बुढा र दाङ राप्ती गाउँपालिका १ का जोठबहादुर घर्तीमगर घाईते भएका छन् । घाइते मध्ये खेमराजको अवस्था गम्भीर रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनीहरुहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update