रामपुर नगर सरकारको बजेट ७१ करोड २० लाख
बिहीबार, साउन १, २०७७
रामपुरमा सुरक्षा भत्ता घटाइएकोप्रति नेकपाको आपत्ति, नगर सरकार भन्छ ‘माग अनुसार रकम आएन’
बिहीबार, साउन १, २०७७
रामपुर नगरपालिकाले तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्तामा ४ दशमलव ५ प्रतिशत रकम घटाएर पठाए पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामपुर नगर कामिटीले आपत्ति जनाएको छ । सातौं नगर सभामा नेकपाका जनप्रतिनिधिहरुले राखेका मागका विषयमा कुनै सुनुवाई नभएको भन्दै रामपुरमा सम्पन्न गरेको पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा राख्दै आपत्ति प्रकट गरेको...
पाल्पामा संक्रमित मध्ये ५ सय ९ जना निको भए, ४४ संक्रमित बाँकी
बिहीबार, साउन १, २०७७
जिल्लामा कूल संक्रमित मध्ये ५ सय ९ जना संक्रमति निको भएका छन् । विहिबार पछिल्लो २४ घन्टामा थप ८९ जना कोरोना संक्रमित घर फर्किएसँगै निको हुनेको संख्या ५ सय ९ पुगेको हो । विहिबार रामपुर नगरपालिकाका ५ जना, पूर्वखोला गाउँपालिकाका ७० जना, रम्भा गाउँपालिकाका १४ जना गरी ८९ जना संक्रमित...
छोरी जन्माउनेलाई पाँच हजार !
बिहीबार, साउन १, २०७७
जिल्लाको एक गाउँपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता दिने भएको छ । कालीगण्डकी गाउँपालिकाले छोरी जन्मिएको घरलाई पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा उक्त योजना पास गरेको छ ।
रेसुङ्गामा लाग्ने साउने मेला यस वर्ष हुन सकेन
बिहीबार, साउन १, २०७७
जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा हरेक वर्ष लाग्दै आएको साउने मेला यस वर्ष भने हुन सकेन । विश्वभर फैलिएको कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनका कारण यस वर्षको साउने मेला हुन नसकेको हो ।
पाल्पा साहित्य समाजले सम्झियो भर्चुअल कवि गोष्ठीमार्फत साहित्यकार रिपलाललाई
बिहीबार, साउन १, २०७७
पाल्पा साहित्य समाजले एक कार्यक्रमको आयोजना गरी सुधारवादी साहित्यकार रिपलाल विश्वकर्मालाई सम्झिएको छ । रिपलालको १०७ औँ जन्म जयन्तीको अवसर पारेर समाजले उनको योगदानको चर्चा गर्दै सम्झिएको हो । वि.स २०५१ सालमा स्थापित पाल्पा साहित्य समाजले समय सापेक्ष विभिन्न साहित्यकारहरुको योगदानलाई स्मरण गर्दै आएकोमा सुधारवादी साहित्यकार रिपलाललाई पनि जन्मजयन्तीका अवसरमा...
साउने संक्रान्ति र धार्मिक महत्व
बिहीबार, साउन १, २०७७
विक्रम सम्वतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो । वर्षभरका दिनहरु मध्य आज साउने संक्रान्ति १ गते सबै भन्दा लामो दिनको हुन्छ । बेलुका लुतोफाली धार्मिक महत्वको...
कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो
बिहीबार, साउन १, २०७७
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले रौतहटका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । रौतहटको पर्रोहा नगरपालिका–७ का ३६ वर्षका पुरुषको...
पहिरो पीडितलाई इस्मा समाज जापनको आर्थिक सहयोग
बुधबार, असार ३१, २०७७
जिल्लाको इस्मा गाउँपालिकाका पहिरो पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । इस्मा गाउँपालिका समाज जापानले पहिरो पीडितलाई आर्थिक सहयोग गरेको हो । गाउँपालिका १ र ४ का ७० घर परिवारलाई समाजले करिव साढे चार लाख सहयोग गरेको छ ।
पाल्पामा थप ३२ जना संक्रमित निको भएर घर फर्किए
बुधबार, असार ३१, २०७७
पछिल्लो समय जिल्लामा संक्रमितको संख्या नदेखिए पनि निको भएर घर फर्कर्नेको संख्या भने बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा थप ३२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । बुधबार उनीहरुलाई ३ हप्तासम्म आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो ।
श्रीमानको स्मृतिमा नेतृ पन्थीद्वारा अक्षकोष स्थापना
बुधबार, असार ३१, २०७७
नेपाल महिला संघकी नेतृ तथा जिल्ला उपाध्यक्ष मिना पन्थीले आफना श्रीमानको स्मृतिमा अक्षकोष स्थापना गरेकी छन् । उनले आफ्ना श्रीमान स्वर्गीय राजेन्द्र पन्थीको पुण्य स्मृतिमा तानसेनमा निर्माण हुन लागेको विपि स्मृति पुस्तकालयका लागि ५० हजार अक्षकोष स्थापना गरिदिएकी हुन् । पन्थीले छोरी डा.आकृति र छोरा आकारको पहलमा अक्षकोष स्थापना गरिदिएकी...
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो
बुधबार, असार ३१, २०७७
करिब ४५ घण्टादेखि अवरुद्ध सिद्धार्थ राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण सोमबार बेलुकी ५ देखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गतको तिनाउ–३, पैठेडाँडामा गएको पहिरो हटाएपछि बुधबार दिउसो १ः३० बजे बाटो खुलेको हो । सडकदेखि माथिबाट ठूला ढुङ्गा सहित खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।


