Shittalpati
पाल्पा साहित्य समाजद्वारा भर्चुअल साहित्यिक गोष्ठी

पाल्पा । पाल्पा साहित्य समाजले भर्चुअल साहित्यिक गोष्ठी आयोजना गरेको छ । समाजले साहित्यकार तथा राजनीतिक व्यक्तित्व महामानव बीपी कोइरालाको स्मृति दिवसको अवसरमा भर्चुअल साहित्यिक गोष्ठी गरेको हो । बीपीले साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै समाजले साहित्यिक गोष्ठीको आयोजना गरिएको जनाएको छ । वि.स २०५१ सालमा स्थापित पाल्पा साहित्य समाजले समय सापेक्ष विभिन्न साहित्यकारहरुको योगदानलाई स्मरण गर्दै आएकोमा साहित्यकार बीपीलाई पनि सम्झन पुगेको छ । गोष्ठीमा प्रमुख अतिथि तथा वरिष्ठ नाट्यकार अशेष मल्लले नेपाली साहित्यको श्रीवृद्विका लागि योगदान पुर्‍याउने बीपी अन्र्तराष्ट्रिय साहित्यकारकै रुपमा उभिन सफल रहेको बताए ।

विशिष्ट अतिथि ठाकुर चन्द्र वि.प्र.ले बीपीसँगको सामीप्यता माथि प्रकाश पार्दै साहित्यिक क्षेत्रमा उनको योगदान अतुलनिय रहेको बताए । अर्का विशिष्ट अतिथिहरु शशी पन्थी, दीन पन्थी र डा. हरिप्रसाद पोखरेलले बीपीको साहित्यिक योगदान माथि चर्चा गरेका थिए । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले भिडियो स्क्रिन शेयरद्वारा बीपीको सन्दर्भमा प्रकाशित पुस्तक र पत्रिकाहरुको चर्चा गरे । समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले बीपीको बहुआयामिक व्यक्तित्व माथि प्रकाश पारेका थिए । गोष्ठीमा प्रा.डा.सावित्री मल्ल कक्षापति,युवराज पौडेल, नरेश भट्टराई, युवराज गीरि, सीता विष्ट कार्की, रमा पन्त, सरस्वती शर्मा जिज्ञासु, कमल खत्री, रामप्रसाद अर्याल, महेन्द्र पन्थी, आयाम कार्की, सुरज घिमिरे, चित्रवलीराम सुवाल लगायतका साहित्यकारहरुले बीपी प्रति श्रद्धाञ्जली अर्पण गर्दै कविता वाचन गरेका थिए । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, सल्लाहकार चित्रवलीराम सुवालको स्वागत र संरक्षक राजेन्द्र गोपाल सिंहको सञ्चालनमा गोष्ठी भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update