पहिरोका कारण दुई सय ४८ घर विस्थापित
मंगलबार, असार ३०, २०७७
रामपुरमा प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण
सोमबार, असार २९, २०७७
रामपुर उद्योग वाणिज्य संघले संघमा आवद्ध साधारण सदस्यहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधी वितरण गरेको छ । संघले कोरोना भाईरसको संक्रमण फैलिरहेको समयमा नेपाल राष्ट्रिय माडवारी परिषदद्वारा प्राप्त निःशुल्क औषधी वितरण गरेको हो । माडवारी सेवा समाज बुटवलको सौजन्यमा रामपुर उद्योग वाणिज्य संघले रामपुरका मुख्य बजार क्षेत्रमा पुगेर माक्स...
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
सोमबार, असार २९, २०७७
प्रदेश पाँचका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । बाँके, रुपन्देही र अर्घाखाँचीमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो । बाँके नेपालगञ्ज उपमहानगरपालिका १ नन्दनिमिल नजिकै टिप्परले ठक्कर दिई साइकल यात्रुको मृत्यु भएको छ ।
पाल्पामा थप १३ जना संक्रमित निको भएर घर फर्किए
सोमबार, असार २९, २०७७
जिल्लामा पछिल्लो २४ घन्टामा थप १३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । सोमबार उनीहरुलाई १४ दिन आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो । उनीहरू सबै रैनादेवी छहरा गाउँपालिकाका रहेका छन् । भारत र तेस्रो मुलुकबाट आई क्वारेन्टाइनमा बसेका उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ...
नेपाल भूपू सैनिक संघ पाल्पाले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
सोमबार, असार २९, २०७७
नेपाल भुपु सैनिक संघ पाल्पाले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ताबाट भुुपु सैनिकलाई बञ्चित गर्ने गरेको निर्णय विभेदकारी भएको भन्दै संघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । सोमबार संघका अध्यक्ष विष्णु गाहाको नेतृत्वमा गएका भूपुहरुले प्रमुख जिल्ला अधिकारी रमेश न्यापानेमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्...
पाल्पामा थपिँदै प्रहरी चौकी
सोमबार, असार २९, २०७७
जिल्लाका चार स्थानीय तहमा प्रहरीचौकी स्थापना हुने भएका छन् । रैनादेवी छहरा गाउँपालिका–४, छहरा, रम्भा गाउँपालिका–३, पीपलडाँडा, बगनासकाली गाउँपालिका–१, गाप्तुङ र माथागढी गाउँपालिका–४, सातमूलेमा प्रहरीचौकी स्थापना हुने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । प्रहरीचौकीका लागि जनशक्ति पूरा भएपछि आगामी साउन महिनाभित्र चौकी थपिने जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका...
रेग्मी परिवारले गर्यो छोरीको विवाह वर्षगाठको अवसरमा विपन्नलाई सहयोग
सोमबार, असार २९, २०७७
नेपाली समाजमा पछिल्लो समय विवाह,जन्म उत्सवका अवसरमा बढी नै फर्जुल खर्च गर्ने प्रचलन बढी रहेका बेला जिल्लाको एक परिवारले भने आफनो छोरीको विवाह वर्षगाठमा गरिने फर्जुल खर्च कटाएर विपन्नलाई सहयोग गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १ क्याम्पस रोड निवासी भेषराज रेग्मी र जमुना रेग्मीले आफनी अष्ट्रेलियामा रहेकी छोरी निलम...
मेरो सम्झनाको एसएलसी...
सोमबार, असार २९, २०७७
२००७ सालमा जन्मिएर २०२४ सालको प्रवेशिका परीक्षामा सम्मिलित भएको हुँ म । मेरो विद्यालय हो श्री सौभाग्य माध्यमिक विद्यालयमा हाल यो विद्यालयको ठेगाना फेरिएको छ । अहिले यो विद्यालय माथागढी गाउँपालिका वडा नं १ मा चिदीपानीमा पर्छ ।
एनआईसी एशिया बैंकद्वारा ज्याकेट सहयोग
सोमबार, असार २९, २०७७
एनआईसी एशिया बैंकले जिल्लाको एक विद्याललाई ज्याकेट सहयोग गरेको छ । बैंकको तम्घास शाखाले जिल्लाको रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घास माध्यमिक विद्यालयलाई ज्याकेट सहयोग गरेको हो । फरक क्षमताका विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयलाई बैंकले ३५ सेट ज्याकेट सहयोग गरेको विद्यालयकी प्रधानाध्यापक पिंकी घिमिरे भुसालले बताइन् ।
कोरोना महामारीपछि पाठ सिक्दै स्थानीय सरकार
सोमबार, असार २९, २०७७
विगतमा विपद् व्यवस्थापनका लागि कम रकम छुट्याएका केही स्थानीय तहहरुले भने कोरोना महामारीबाट पाठ सिक्दै आगामी आर्थिक वर्षका लागि रकम बढाएका छन् । तानसेन नगरपालिकाले चालु आर्थिक वर्षमा विपद् व्यवस्थापनका लागि १५ लाख छुट्याएकोमा आगामी आर्थिक वर्षका लागि भने १० करोड ३४ लाख ८४ हजार रकम विनियोजन गरेको छ ।
सन्दर्भ भानुजयन्ती : भानुभक्त र छविलाल
सोमबार, असार २९, २०७७
भानुभक्त आचार्यको जन्म गण्डकी अञ्चल, तनहुँ जिल्ला, रम्घा चुँदीमा भएको थियो भने छविलाल नेपालको जन्म लुम्बिनी अञ्चल, पाल्पा जिल्ला, तानसेन मेहल्धारामा भएको थियो । भानुभक्त श्रीकृष्ण आचार्यका नाती र धनञ्जय आचार्यका छोरा थिए भने छविलाल भवानी शंकर नेपालका नाती र दिननाथ नेपालका छोरा थिए ।
भानुको योगदानको अनुसरण गरौं
सोमबार, असार २९, २०७७
नेपाली भाषाका प्रथम कवि भानुभक्त आचार्यको नेपाली भाषा र संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान रहेको छ । नेपाली भाषा र साहित्यका माध्यमबाट भानुभक्तले नेपाली समाजलाई एकाकार बनाएको पाइन्छ । समाजमा विभिन्न किसिमबाट योगदान गर्न सकिन्छ भन्ने कुराको महत्वपूर्ण उदाहरण भानुभक्त हुन् । भाषा र साहित्यका माध्यमबाट भानुभक्तले पु¥याएको योगदान सबैका लागि...

