Shittalpati
चन्द्र शर्माको तिज गीत ‘बाटुलो ऐना’ भिडियोमा

नेपाली महिलाहरुको महान पर्वको रुपमा मनाइने तिज पर्व आउन झण्डै एक महिना बढी समय रहँदा बजार तिज विशेष तिजहरु आउन थालेका छन् । तिज पर्व महिलाहरु पर्व हो महिलाहरुले नारी बेदनाले भरिएका तिजहरु गाउने पर्वको रुपमा पनि लिइन्छ । तर पछिल्ला केहि वर्ष यता तिज पर्वमा गाइने तिजहरु पनि नारी पुरुष मिलेर गाउने गरिएको पनि छ । लोकदोहोरी गायक चन्द्र शर्माको तीज तिज सार्बजनिक गरिएको छ ।

शर्माले अघिल्ला वर्षहरुका तिज पर्वमा जस्तै यसवर्ष पनि नयाँ तिज तिज ‘बाटुलो ऐना’ बोलको सार्बजनिक भएको हो । कलाकार रबिन लामिछानेको शब्द संगित रहेको तिजमा शर्मा सँगै मञ्जु ज्योती गौडेल पाण्डेको आवाज रहेको छ । चर्चित निर्देशक शंकर विसीको निर्देशनमा तयार पारिएको तिजमा विसीसँगै अञ्जली अधिकारीको अभिनय रहेको छ । तिजलाई गायक स्वयम् शर्माकै अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको हो । –प्रस्तुति : अनिल खत्री

प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update