Shittalpati
पाल्पा–बुटवल सडक पुनः अवरुद्ध

पाल्पा । लगातार बर्षाको कारण सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ । तानसेन नगरपालिका वडा नंं ८ गौडेपुल, तिनाउँ गाउँपालिकाको वडा नंं ३ सिद्धबाबा क्षेत्र, पानी मिल क्षेत्र, पाल्पा पोखरा सडक खण्डको राम्दी क्षेत्रमा पहिरो झरी सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउन डिभिजन सडक कार्यालय पाल्पाको डोजर स्काभेट प्रयोग गरिए पनि बर्षा नरोकिएको पहिरो पन्छाउन कठिनाई भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले बताए । पाल्पाको सिद्धवावा ड्याम क्षेत्रमा ठूलो ढुङ्गा सहितको पहिरो खसेकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । लगातार बर्षा भईरहेकाले अवरुद्ध सडक सूचारु नहुँदा सम्म यात्रा नगर्न र सवारी साधन सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update