Shittalpati
गुल्मीमा अपराधिक घटनामा वृद्धि

गुल्मी । जिल्लामा पछिल्लो एक वर्षमा अपराधिक घटनामा वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालयले एक वर्षको उपलब्धी र आगामी कार्य योजना बारे सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा अपराधका घटनाहरुमा वृद्धि भएको जनाएको हो । जिल्लामा आर्थिक वर्ष ०७६/०७७ मा १ सय ६१ वटा अपराधिक घटनाहरु दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष ०७५/०७६ मा १ सय ३३ वटा अपराधिक घटनाहरु दर्ता भएका थिए । एक वर्षको अन्तरालमा २८ वटा अपराधिक घटनाहरुले वृद्धि भएको हो । घरेलु मदिराका कारण घरेलु हिंसा, कुटपीट, चोरी, जवरवस्ती करणी साथै पारिवारिक विचलनका घटनामा वृद्धि हुँदै गइरहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । उनले सामाजिक अपराध, आत्महत्या, लागुऔषध दुव्र्यसन, सवारी दुर्घटना, मानव बेचविखन तथा ओसार–पसार, जुवातास लगायतका समस्याको न्यूनीकरणमा चुनौती रहेकोे बताए ।

उनले भने ‘जिल्लामा अपराधिक घटनाहरु चुनौती बन्दै गएकाले लागुऔषध दुव्र्यसन तथा ओसार–पसार नियन्त्रण, सवारी दुर्घटनामा न्यूनीकरण, महिला तथा बालबालिका विरुद्धको अपराध, आत्महत्या तथा आर्थिक अपराध नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ ।’ त्यस्तै जिल्लामा आर्थिक वर्ष ०७६/०७७ मा राहदानी लिने संख्यामा कमी आएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगती प्रतिवेदनमा यस वर्ष ३ हजार १ सय १६ जनाले राहदानी लिएको तथ्याड्ढमा उल्लेख छ । आर्थिक वर्ष ०७५/०७६ मा ५ हजार ५ जनाले राहदानी लिएका थिए । जिल्लामा राहदानीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा १ करोड ६४ लाख ४५ हजार राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । आर्थिक वर्ष २०७५/०७६ मा २ करोड ५७ लाख ५७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो । गत वर्षको तुलनामा गएको आर्थिक वर्षमा राहदानी लिनेको संख्य र राजस्वमा भने कमी आएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । यस वर्ष कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण राजस्व संकलनमा कमी आएको हो ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update