Shittalpati
गुल्मीमा पहिरोले ट्रक बगायो

रमेश विश्वकर्मा

गुल्मी । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा ७ स्थित खसीमारे भन्ने स्थानमा पहिरोले ट्रक बगाएको छ । बुटबलबाट शान्तिपुरतर्फ आउँदै गरेको ना ६ ख ७७९२ नम्बरको ट्रकलाई पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

उनका अनुसार बुटवलबाट हार्डवयर लगायतका विभिन्न सामानहरु लिएर शान्तिपुर आउँदै गरेको ट्रक बाटोमा हिलोमा फसेको समयमा माथिबाट झरेको पहिरोले सडकबाट झण्डै एक हजार मिटर तल बगाएको छ ।

ट्रकले झण्डै ५ लाख २५ हजार बराबरको हार्डवयर लगायतका विभिन्न सामानहरु लिएर आएको बताइएको छ । दुर्घटनामा मानविय क्षति भनेको भएको छैन । गुल्मीमा पहिरोका कारण ग्रामीण भेगका दर्जनौ सडकहरु अबरुद्ध भएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update