Shittalpati
युवालाई स्वदेशमै रोक्ने कार्यक्रम ल्याउन आवश्यक छ : नेता भण्डारी 
युवालाई स्वदेशमै रोक्ने कार्यक्रम ल्याउन आवश्यक छ : नेता भण्डारी  नेपाली काँग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले  युवालाई स्वदेशमै रोक्ने कर्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् । शनिबार तम्घासमा नेपाली काँग्रेस रेसुङ्गा नगर कार्यसमितिको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
पाल्पामा हत्या आरोपमा घरबेटी पक्राउ 
पाल्पामा हत्या आरोपमा घरबेटी पक्राउ  पाल्पामा हत्या गरेको आरोपमा घरबेटी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले डेरामा बस्ने व्यक्तिको हत्या आरोपमा तानसेन नगरपालिका–१४ साँचाका माधव बिष्टलाई पक्राउ गरेको हो ।
सरकारलाई भारी बन्दै ‘अध्यादेश’
सरकारलाई भारी बन्दै ‘अध्यादेश’ बिहीबारको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची थियो । तर राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत पुग्ने सम्भावना नभएपछि अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइयो ।
एच.पी.भी. खोप अभियान र यसको सदुपयोग
एच.पी.भी. खोप अभियान र यसको सदुपयोग नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एच.पी.भी. खोप अभियान सञ्चालन गरिएको छ । सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म देशव्यापी रुपमा खोप अभियान सञ्चालन गरेको छ । खोप अभियानमा १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप दिइदै छ ।
चितवनमा रविलाई घरौटीमा छाड्न आदेश
चितवनमा रविलाई घरौटीमा छाड्न आदेश साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।
रामपुर नगरपालिकाकी उपप्रमुख थापा सम्मानित
रामपुर नगरपालिकाकी उपप्रमुख थापा सम्मानित जिल्लाको रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापा सम्मानित भएकी छन् । विकास निर्माणमा नगरपालिकाबाट खेलेको भूमिकाको कदर गर्दै  मुना मेमोरियल ट्रष्ट र सिर्जना आमा समूह रामपुरले थपालाई सम्मान गरेको हो ।
त्रिविले  खुलायो स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा
त्रिविले  खुलायो स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा त्रिभुवन विश्वविद्यालय स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् ।  समयसिमा कटेका ३/४ वर्षे स्नातक तहका सम्पूर्ण परीक्षार्थी र २०५६ सालमा भर्ना भई प्रथम पटक प्रथम वर्षको स्नातकोत्तर  तहको  परीक्षामा सम्मिलित परीक्षार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् ।
विद्यार्थीलाई छात्रवृत्ति वितरण
विद्यार्थीलाई छात्रवृत्ति वितरण मुना मेमोरियल ट्रष्ट रामपुरले विद्यार्थी छात्रवृत्ति वितरण गरेको छ । स्वर्गीय मुना अधिकारी पौड्यालको स्मृतिमा स्थापित ट्रष्ट मार्फत रामपुरस्थित जनकल्याण माध्यमिक विद्यालयकी छात्रा सावित्री गैरेलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
Weather Update