Shittalpati
आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस

पाल्पा, विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको संघर्ष दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष जुन १७ का दिन विश्वभर यो दिवस मनाउने गरिएको हो ।

यो दिवसले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दा, भू–संंरक्षणलगायत विभिन्न विषयमा विश्व समुदायमाझ निरन्तर सन्देश प्रवाह गर्दै आएको छ ।  जमिनको खण्डीकरण र मानवीय व्यवहारका कारण जलवायु परिवर्तनलाई सहयोग पुगेको छ भने, त्यसको असर प्रकृतिक सम्पदा तथा मानव समुदायमा पर्न थालेको छ । बढ्दो वातावरण विनाश, औद्योगीकरण तथा कार्बन उत्सर्जनको बढ्दो चुनौतीका कारण विश्वमा मनसुनी असन्तुलन बढेको छ । जसका कारण कतै लगातार र भीषण वर्षा हुने गरेको छ भने कतै महिना दिनसम्म पनि पानी नपर्दा खडेरीको अवस्था सिर्जना हुँदै गएको छ । खडेरीको यही समस्याका कारण आज विश्वभरिका ९० करोड मानिस कुनै न कुनै खाद्य सड्ढटको सामना गर्न बाध्य भइरहेका छन् । खडेरी या मरुभूमि करण भौगोलिक परिस्थिति अनुसार पनि हुने गरेको छ । खडेरीलाई प्राकृतिक असरका रुपमा पनि व्याख्या गर्ने गरिएको छ । स्थानीय मौसममा फेरबदल हुँदा भूमिको उत्पादक क्षमता घटेर उर्वर भूमि क्रमशः अनुत्पादक हुन थालेका छन् । संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यका पुरा गर्नका लागि पनि यो दिवस महत्वपूर्ण मानिएको छ । मानव जनसंख्याको वृद्धिसँगै पछिल्ला शताब्दीमा भूमिको वितरण, विभाजन अनि उपयोग वास्तवमै दुःखदायी तवरले भएको विश्व मानचित्रका लगभग सबै देशहरू खडेरी र मरुभूमी करणको ढिलो–चाँडो जोखिममा छन् । नेपालमा त झन् हामीलाई मलिलो उर्वर खेतबारी भन्दा कङ्क्रिटको जंगल ठ्याउन घडेरीको मोहमा वृद्धि हुन थालेको छ ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update