Shittalpati
रिब्दीकोटको गाउँ सभा सुरु :  नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकाकोे १८ औँ गाउँसभा अधिवेशन सुरु भएको छ । अधिवेशनमा आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि  पालिका नारायण बहादुर कार्कीले नीति तथा कार्यक्रम पेश गरे ।  उनले पेश गरेको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ ।

 नीति तथा कार्यक्रममा कृषिमा पकेट क्षेत्र घोषणा गरी व्यवसायिक उत्पादन र बजार सञ्जाल विस्तार गरिने, जैविक मलको प्रयोगलाई प्रोत्सान गर्ने, पशुपालनमा कृत्रिम गर्भाधान, रोग नियन्त्रण र नश्ल सुधार कार्यक्रम सञ्चालित गर्ने साथै समावेशी विकास, सुशासन, रोजगार सिर्जना, कृषि र पर्यटन प्रवद्र्धनमा पनि जोड दिइएको छ ।

स्थानीय उत्पादनमा आत्मनिर्भरता, हरित विद्यालय, निःशुल्क टिफिन, बुक फ्रि फ्राइडे, स्वास्थ्य बीमा, खुल्ला व्यायामशाला, स्मार्ट सेवा प्रणाली, डिजिटाइजेशन, तथा महिला र जेष्ठ नागरिकको सशक्तिकरणमा विशेष ध्यान दिइएको नीति तथा कार्यक्रममा उल्लेख छ । शिक्षामा उत्कृष्ट विद्यालय प्रोत्साहन, स्थानीय पाठ्यक्रम, छात्रवृत्ति र शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्ने व्यवस्था मिलाउने, स्वास्थ्य संस्थामा ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने, लैंगिक र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने, पर्यटन प्रवद्र्धनमा ऐतिहासिक स्थलहरू संरक्षण, पूर्वाधार विकास र प्रवद्र्धनलगायतका काम गर्ने, पूर्वाधारमा नयाँ सडक स्तरोन्नति, हरियाली प्रवद्र्धन, तथा भवनमा बालमैत्री र अपांगमैत्री संरचना अनिवार्य गरिने, गाउँपालिकाले युवालाई स्वरोजगारमुखी बनाउँदै वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई उद्यमशीलतामा जोड्ने योजना ल्याइएको प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले जानकारी दिए । सभको अर्को बैंठक ९ गते बस्ने छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update