Shittalpati
पुत्रमृत्युयोग  कसरी हुन्छ शास्त्र अनुसार ? 

ज्योतिषी स्मुकुन्द पोखरेल 

विवाह गरिसकेपछि सन्ततिको चाहना हुनु अनौठो होइन । चाहे पुत्र होस् या पुत्री नै किन नहोस् । विवाहपछि सन्तान त जन्मन्छन्, तर सन्तानसहित वंशकै नाश हुने अवस्था आयो भने त्यो ज्यादै घातक हुन आउँछ । सन्ततिको महत्वको बारेमा भनिएको छ-

अपुत्राणां किलं नास्ति स्वर्गं नैव च नैव च।
अतः मङ्गलीका कारणले सन्तानमृत्यु योग बन्ने गर्दछ। यसै योगअन्तर्गत पुत्रमृत्युयोग तथा वंशविच्छेद योगलाई समेट्न उपयुक्त देखिन्छ ।
वंशविच्छेदयोग वा पुत्रमृत्युयोग बन्ने अवस्थाहरू  :
१)लग्नमा मङ्गल छ, आठौंमा शनि बसेको छ र पाँचौं स्थानमा सूर्य बसेको छ भने,
२)लग्नमा सूर्य, सातौं भावमा शनि या सूर्य शनि संयुक्त भएर पाँचौं या सातौंमा बसेको छ र आय स्थानमा बृहस्पतिले दृष्टि दिन्छ भने,
३)धनभावको स्वामी मङ्गलका साथमा सातौं स्थानमा छ भने,
४)पञ्चमभावमा मङ्गलको घर छ, त्यहाँ राहु बसेको छ अर्थात् पाँचौं भावमा रहेको राहुलाई मङ्गलले दृष्टि दिन्छ भने,
५) पञ्चमभावमा सिंह राशिगत पाँच अङ्क छ र त्यहाँ शनि मङ्गल बसेका छन्, तर पञ्चम राशि अर्थात् सिंहको स्वामी सूर्य छैटौं भावमा रहेको छ भने पुत्रमृत्यु योग बन्दछ ।
 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update