सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी
शुक्रबार, माघ २१, २०७८
आज विश्व क्यान्सर दिवस मनाइँदै
शुक्रबार, माघ २१, २०७८
‘उपचारको खाडललाई बन्द गराऊ’ भन्ने नाराका साथ आज विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाइँदैछ । सुरुमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाइँदै आइएको हो ।
खानी उत्खननको विवाद
शुक्रबार, माघ २१, २०७८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुनढुंगा खानी उत्खननमा अनियमितता भएको आरोपमा पाल्पाका चार खानी उद्योग सहित नौ उद्योगलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बगनासकालीको एक होटलमा महिला मृत फेला
शुक्रबार, माघ २१, २०७८
जिल्लाको बगनासकाली गाउँपालिका १ घोरबन्दको एक होटलमा महिला मृत अवस्थामा फेला परेकी छन् । होटल पिस पोइन्टमा सोही ठाउँकी ४० वर्षकी शोभा महर्जन भट्टराई मृत फेला परेकी हुन् ।
लोक सेवाका स्थगित परीक्षा फागुन ६ देखि
बिहीबार, माघ २०, २०७८
कोरोना भाइरसको जोखिमका कारण स्थगित भएका लोक सेवा आयोगको परीक्षाहरु फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् ।
रेसुङ्ग नगरको वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र
बिहीबार, माघ २०, २०७८
जिल्लाको रेसुङ्गा नगरपालिका १ को वडा कार्यालयमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको छ । बिहिबार एक औपचारिक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले केन्द्रको शुभारम्भ गरेका हुन् ।
पाल्पामा पनि वन उपभोक्ता समिति आन्दोलित
बिहीबार, माघ २०, २०७८
सामुदायिक वन उपभोक्ता महासंघ अन्तर्गतका समितिहरु आन्दोलित भएका छन् । वन नियमावलीमा ऐनसँग समेत बाझिने गरी उपभोक्ताको अधिकार कटौती गरिएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ अन्तर्गतका समितिहरु सरकारसँग विभिन्न ११ बुँदे मागसहित आन्दोलनमा उत्रिएका हुन् ।
पाल्पामा कोरोना संक्रमणमुक्त हुने बढे, विहीबार मात्रै १ सय ५७ जना निको
बिहीबार, माघ २०, २०७८
पाल्पामा कोरोना संक्रमितबाट निको हुनेको संख्या दैनिक बढ्दै गएको छ । यहाँ विहीबार १ सय ५७ जना संक्रमित निको भएर घर फर्किंदा ५० जना संक्रमित भएका छन् । यस्तै, बुधबार ५६ जना निको भएका थिए ।
रामपुर अस्पतालले आश्वासन पायो, डाक्टर पाएन
बिहीबार, माघ २०, २०७८
सरकारले अस्पताल नभएका सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल निर्माण गर्ने महत्वाकांक्षी योजना अगाडि बढाए पनि जिल्लातहमा सञ्चालित अस्पतालमा जनशक्ति पुर्याउने तथा भौतिक संरचना बनाउनेतर्फ भने ध्यान दिएको छैन ।
फागुन १ देखि त्रिविका स्थगित परीक्षा हुने
बिहीबार, माघ २०, २०७८
कोरोना संक्रमणका कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षाहरु सुरु हुने भएका छन् । स्थगित भएका परीक्षाहरु फागुन १ देखि सुरु हुने भएका हुन् ।
क्यासिनो कम्पनीको ८७ करोडभन्दा बढी बक्यौता
बिहीबार, माघ २०, २०७८
सरकारले लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने सात क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन सातदिने अल्टिमेटम दिएको छ ।
संक्रमणमुक्त हुने दर बढ्न थाल्यो
बिहीबार, माघ २०, २०७८
पछिल्ला केही दिन यता कोरोना संक्रमणमुक्त हुनेको दर बढ्न थालेको छ । संक्रमणको दर नघटेपनि संक्रमणमुक्त हुनेको दर भने बढ्न थालेको हो । बुधबार पनि नेपालमा कोरोना भाइरस संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बर रहेको छ ।


