Shittalpati
‘सिँचाइ विना कृषि असम्भव’

रामपुर(पाल्पा), लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सिँचाइ बिना कृषि उत्पादन सम्भव नभएको बताएका छन् । रामपुर फाँट सिँचाइ जल उपभोक्ता समन्वय समिति रामपुर पाल्पाको ३३ औँ वार्षिकोत्सव तथा १३ औँ परिषद् भेलालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र बलियो बनाउने आधार नै कृषि भएकाले सिँचाइमा लगानी बढाउन आवश्यकरहेको औल्याए ।

यस आयोजनाबाट रामपुर नगरपालिका–३, ४, ५, ६ र ७ का करिब एक हजार २ सय ३० हेक्टर क्षेत्रफल सिँचाइ हुँदै आएको छ । करिब तीन दशक इतिहास बोकेको यस आयोजना सञ्चालनमा आएपछि धान, गहुँ, मकै, तरकारी लगायतका विभिन्न बालीनाली उत्पादन हुने गर्छ । –रासस

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update