Shittalpati
स्याङ्जामा जिप दुर्घटना दुईको मृत्यु
स्याङ्जामा जिप दुर्घटना दुईको मृत्यु स्याङ्जामा भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार शनिबार बिहान ८ः३० बजे बिरुवा गाउँपालकिा–३ धोबादीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
प्यूठानमा जिप दुर्घटना : आठको मृत्यु, बेहुला, बेहुलीसहित पाँच घाइते
प्यूठानमा जिप दुर्घटना : आठको मृत्यु, बेहुला, बेहुलीसहित पाँच घाइते प्यूठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जिप शनिबार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
पाल्पामा शनिबार थप ७४ जना संक्रमित निको भए
पाल्पामा शनिबार थप ७४ जना संक्रमित निको भए जिल्लामा पछिल्लो २४ घण्टामा थप ७४ जना कोरोना संक्रमित निको भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ४१ जना महिला र ३३ जना पुरुष संक्रमित निको भएका हुन् ।
तानसेनमा बेहोस अवस्थामा फेला परेका मगन्तेको मृत्यु
तानसेनमा बेहोस अवस्थामा फेला परेका मगन्तेको मृत्यु जिल्लाको सदरमुकाम तानसेनमा बेहोस अवस्थामा फेला परेका एक मगन्तेको मृत्यु भएको छ । तानसेनस्थित बसपार्कमा बेहोस अवस्थामा फेला परेका अर्घाखाँची छत्रदेव गाउँपालिका -४ का ५२ वर्षीय गणेश परियारको मृत्यु भएको हो ।
तानसेनमा एक मजदुर मृत भेटिए !
तानसेनमा एक मजदुर मृत भेटिए !  जिल्लाको तानसेनमा एक मजदुर मृत अवस्थामा भेटिएका छन्
बगनासकालीका गाउँ–गाउँमा बर्थिङ सेन्टर
बगनासकालीका गाउँ–गाउँमा बर्थिङ सेन्टर  सदरमुकाममा मात्र सिमित रहेको बर्थिङ सेन्टरको सुविधा (गर्भवती महिला लाई तालिम प्राप्त स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी गराउने स्थान) अहिले जिल्लाको बगनासकालीका गाउँ गाउँमा पुगेको छ ।
गाउँ फर्किएर गाईपालनमा युवा
गाउँ फर्किएर गाईपालनमा युवा ‘वनको चरी वनमै रमाउँछ’ भनेझैं स्याङ्जा गल्याङ ९ गेझाका कुसुम भण्डारी राजधानीबाट गाउँमै फर्केर गाईपालन व्यवसाय गर्न थाले । गीत संगीतका क्षेत्रमा संघर्ष गरेर निखारता आउँदै गर्दा काठमाडौँको बसाई छोट्याएर गाउँमै गाईपालन गर्ने र त्योसँगै गीत संगीत अगाडि बढाउने गरी २०७० सालमा गेझा गाउँ फर्किए ।
शिक्षकलाई विषयगत क्षमता विकास तालिम
शिक्षकलाई विषयगत क्षमता विकास तालिम जिल्लाको माथागढी गाउँपालिकाका शिक्षकहरुलाई विषयगत क्षमता विकास सम्बन्धी तालिम दिइएको छ । शैक्षिक गुणस्तर विकासका लागि यहाँका प्राथमिक तहमा अध्यापन गराउने शिक्षकहरुलाई पाँच दिने विषयगत क्षमता विकास सम्बन्धी आधारभूत तालिम दिइएको हो ।
नेता वा दलको स्वार्थ होइन, देशको भलो हेरौं
नेता वा दलको स्वार्थ होइन, देशको भलो हेरौं अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने, नगर्ने विषयले अहिले चर्चा पाएको छ । अमेरिकी दबाब परेसँगै प्रधानमन्त्री शेर बहादुर देउवा भने पास गर्न हतारो गरे जस्तो देखिएका छन् ।
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो ।
पाल्पामा शुक्रबार थप ८१ जना संक्रमणमुक्त
पाल्पामा शुक्रबार थप ८१ जना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप ८१ जना संक्रमित कोरोनामुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३९ जना महिला र ४२ जना पुरुष संक्रमित कोरोना संक्रमणमुक्त भएका हुन् ।
Weather Update