नेतृत्व तहमा मजदुरहरुको उपस्थिति जरुरी
बुधबार, भदौ २२, २०७९
गाई संरक्षणलाई काफलडाँडामा गौशाला निर्माण
बुधबार, भदौ २२, २०७९
स्याङ्जाको वालिङ–८ काफलडाँडामा गौशाला निर्माण गरिएको छ । वालिङ नगरपालिकाले गाई संरक्षणका लागि वालिङ–१० स्थित स्वर्गाश्रममा निर्माण गरेको गौशालालाई स्थानान्तरण गरी काफलडाँडास्थित शिवालय धुनीको गुठीमा गौशाला बनाएर सञ्चालन गरेको हो ।
गठबन्धन राष्ट्र हितका लागि होस्
बुधबार, भदौ २२, २०७९
नेपाली डिसनरीमा सिमति “गठबन्धन” शब्द तत्कालीन नेकपाले आपसी विवाद मिलाउन नसक्दा दुई दुई पटकको संसद विघटनको कार्य पश्चात चर्चा र नेपाली राजनीतिमा व्यापकरुपमा प्रयोग भएको शब्द हो । यसको खास अर्थ के रहेछ भनि नेपाली शब्दकोष पल्टाउँदा गठ+बन्धन=गठबन्धन, कुनै काम कुराका लागि एक भएर मिल्ने काम, कुनै स्वार्थ सिद्धका लागि...
कुमारी बैंकको ऋणपत्र निष्कासन
बुधबार, भदौ २२, २०७९
कुमारी बैंकले ऋणपत्र निष्कासन गरेको छ । बैंंकले भदौ १७ देखि २१ गतेसम्मका लागि ऋणपत्र जारी गरेको हो । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न भदौ १ गते सेबोनबाट अनुमति पाएको थियो । बैंकले ‘११ प्रतिशत ब्याजदरमा केबिएल डिबेन्चर २०८९’ निष्काशन गरेको छ ।
दसैं लागि भदौ २९ देखि नयाँ नोट सटही
मंगलबार, भदौ २१, २०७९
नेपाल राष्ट्र बैंकले यो वर्ष भदौ २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । हरेक वर्ष दसैंको अवसरमा राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउने गरेको छ । यो वर्ष पनि राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने र २९...
करेन्ट लागेर एक व्यक्तिको मृत्यु
मंगलबार, भदौ २१, २०७९
तानसेनमा घर बनाउने क्रममा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । खोटाङ जेन्तेढुङ्गा गाउँपालिका ३ स्थायी घर भई तानसेन नपा वडा १, गैरागाउँमा लेवर काम गरी बस्दै आएका ३४ वर्षिय महेश राईको मृत्यु भएको हो ।
डेंगुले कोरोना ओझेलमा, पाल्पामा पनि बढ्यो डेंगु, परीक्षण गर्न किट अभाव
मंगलबार, भदौ २१, २०७९
मुलुकको सम्पूर्ण ध्यान कोभिड–१९ तिर केन्द्रित भइरहेका बेला एकाएक डेंगुको लहर उर्लंदो छ । काठमाडौैं केन्द्रित जस्तो देखिएको डेंगु पछिल्लो समय पाल्पा सहित देशका ७२ जिल्लामा फैलिसकेको छ । मुलुकमा दैनिक २÷३ सयको हारहारीमा कोरोना संक्रमण देखिए पनि पछिल्लो समय डेंगु संक्रमणले ओझेलमा परेको छ ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन : गुल्मी काँग्रेसमा आकांक्षीको लर्को
सोमबार, भदौ २०, २०७९
गुल्मीमा नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि इच्छुक उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ इच्छुक नेताहरुको नाम सिफारिस गरेको हो ।
पाल्पामा एमालेबाट उम्मेदवार सिफारिस, कतै एकल, कतै दर्जनौं
सोमबार, भदौ २०, २०७९
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमाले पाल्पाले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधीसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नंं १ मा नारायणप्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारु, कृष्ण श्रेष्ठ, झपेन्द्रबहादुर जिसी र महिलामा विष्णु जिसीलाई सिफारिस गरेको छ ।
सोमबार दुई सय छ संक्रमित निको भए
सोमबार, भदौ २०, २०७९
पछिल्लो २४ घण्टामा मुलुकमा दुई सय ६ जना कोरोना संक्रमित निको भएका छन् । देशका विभिन्न अस्पताल र होमआइशोलेसनमा उपचार गराइरहेका दुई सय ६ जना संक्रमित निको भएका हुन् । योसँगै निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।
पाल्पामा माओवादी केन्दबाट उम्मेदवार सिफारिस
सोमबार, भदौ २०, २०७९
आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि नेकपा माओवादी केन्द्र पाल्पाले प्रतिनिधी सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको सिफारिस गरेको छ । विभिन्न चरणहरुमा बसेको बैठकले प्रतिनिधी सभा सदस्यमा क्षेत्र नं. १ मा लिला सोमै र क्षेत्र नंं २ मा अनिल किशोर घिमिरेलाई सर्व सम्महत सिफारिस गरेको...
एमाले एक्लै चुनाव लड्ने र जनमत लिने सामथ्र्य राख्छ : ज्ञवाली
सोमबार, भदौ २०, २०७९
नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक्लै चुनाव लड्ने र जनमत लिने सामथ्र्य एमालेले मात्रै राख्न सक्ने बताएका छन् । पाल्पाको तानसेनमा भएका विभिन्न कार्यक्रममा बोल्दै नेता ज्ञवालीले एमालेसँग एक्लै चुनावमा लड्ने आँट र सामथ्र्य रहेको बताएका हुन् ।
जोगिथुम भगवती मन्दिरको निर्माण आकर्षक
सोमबार, भदौ २०, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिका ४ जोगिथुममा रहेको जोगिथुम भगवतीको मन्दिर निर्माण आकर्षक बनेको छ । दुई सय वर्ष पुरानो मन्दिरको नयाँ संरचना निर्माण आकर्षक बनेको हो । रेसुङ्गा नगरपालिकाको ४४ लाख १९ हजार ६ सय २८ रुपैयाँको लागतमा मन्दिर निर्माण भएको छ ।


