Shittalpati
सोमबार दुई सय छ संक्रमित निको भए

पाल्पा, पछिल्लो २४ घण्टामा मुलुकमा दुई सय ६ जना कोरोना संक्रमित निको भएका छन् । देशका विभिन्न अस्पताल र होमआइशोलेसनमा उपचार गराइरहेका दुई सय ६ जना संक्रमित निको भएका हुन् । योसँगै निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

यस्तै सोमबार थप दुई सय २१ ज्नामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार ५८ परीक्षणमध्ये दुई सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ । सक्रिय संक्रमितको संख्या दुई हजार चार सय ४४ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट कसैको पनि निधन भएको छैन । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी संक्रमित भएको जिल्ला ललितपुर रहेको छ । संक्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, पश्चिम रुकुम र मुगु रहेका छन् । होम आइसोलेसनमा दुई हजार तीन सय १२, संस्थागत आइसोलेसनमा एक सय ३२, सघन उपचार कक्ष (आइसियु)मा ३८ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update