तानसेनमा एक पुरुष मृत फेला
बिहीबार, वैशाख २८, २०८०
शिक्षक दुई, विद्यार्थी शून्य
बिहीबार, वैशाख २८, २०८०
सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्छ, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर । तर पाल्पाको रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिकसत्रमा विद्यार्थी भर्नादर शून्य छ । यहाँ वैशाख २६ गतेसम्म एक जना विद्यार्थी पनि विद्यालयमा भर्ना नभएको पाइएको छ ।
‘यात्रु बोक्ने रातो प्लेटका सवारीलाई कारवाही गर्छाै’
बिहीबार, वैशाख २८, २०८०
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्व शर्माले यात्रु तथा मालसमान बोक्ने रातो प्लेटका सवारी साधनहरुलाई कानुनी कारवाही गर्ने बताएका छन् । ‘रातो प्लेट भनेको व्यक्तिगत प्रयोगको लागि मात्र हो, रातो प्लेटले नत यात्रुहरु बोक्न पाउँछ, नत रिजर्वमा हिड्न पाउछ, नत माल समान बोक्न पाउछ, यी अवस्थामा भेटिएका...
प्रेस चौतारीले शितलपाटीकर्मी पोखरेलसहित ८ पत्रकारलाई पुरस्कृत गर्ने
बुधबार, वैशाख २७, २०८०
प्रेस चौतारी नेपाल पाल्पा शाखाले शितलपाटीकर्मी कृष्ण पोखरेलसहित ८ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । २४ औं स्थापना दिवसको अवसरमा शाखाले पोखरेलसहित ८ पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।
टोपबहादुर रायमाझी निलम्बित
बुधबार, वैशाख २७, २०८०
नेकपा (एमाले)ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा सहयोग पुर्याउनका लागि कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म उनलाई पदबाट निलम्बन गरिएको महासचिव शङ्कर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमार्फत जानकारी दिइएको छ ।
काँग्रेस लुम्बिनी प्रदेशको प्रशिक्षण स्वर्गद्वारीमा
बुधबार, वैशाख २७, २०८०
नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रदेशस्तरीय प्रशिक्षण प्यूठानको स्वर्गद्वारीमा हुने भएको छ । यही वैशाख २९ गतेदेखि हुने प्रशिक्षण कार्यक्रम स्वर्गद्वारीमा हुन लागेको हो ।
अनुसन्धानका लागि पूर्वगृहमन्त्री खाणलाई परिसर ल्याइयो
बुधबार, वैशाख २७, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ ।
धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै रैनादेवी छहरा सरकार
बुधबार, वैशाख २७, २०८०
जिल्लाको रैनादवी छहरा गाउँ सरकार धार्मिक पर्यटकीय विकास गर्ने दिशामा जुर्मराएको छ । गाउँपालिकाले धार्मिक विकासका माध्यमबाट पालिकाको आर्थिक समृद्धि हासिल गर्ने गरी अगाडि बढेको छ । गाउँपालिका भित्र थुप्रै धार्मिक सम्पदाहरु रहेका छन् भने केही सम्पदाहरु गाउँ सरकारले निर्माण थालेको छ । यहाँ भएका ऐतिहासिक तथा धार्मिक पर्यटकीय सम्पदाको...
कूल पुजाका लागि आज देशभरका रायमाझी बन्धु पाल्पाको छहरामा
बुधबार, वैशाख २७, २०८०
देशभरका रायमाझी बन्धुहरु आज पाल्पाको छहरा पुगेका छन् । हरेक पाँच/पाँच वर्षमा गरिने कूल पुजाका लागि रायमाझी बन्धुहरु छहरा पुगेका हुन् । पाल्पाको छहरा रायमाझीहरुको उद्गमस्थल हो ।
वालिङले दिन थाल्यो श्रम स्वीकृति
बुधबार, वैशाख २७, २०८०
स्याङ्जाको वालिङ नगरपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन सुरु गरेको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि स्थानीयवासीलाई सहज भएको हो ।
पाल्पाको छहरामा भोली हुने रायमाझी बन्धुहरुको कूल पुजाको तयारी सकियो
मंगलबार, वैशाख २६, २०८०
पाल्पाको छहरामा भोली हुने रायमाझी बन्धुहरुको कूल पुजाको सम्पूर्ण तयारी सकिएको छ । देशभरका रायमाझी बन्धुहरु आज पाल्पाको छहरा आइपुगेका छन् । हरेक पाँच/पाँच वर्षमा गरिने कूल पुजाका लागि रायमाझी बन्धुहरु छहरा पुगेका हुन् ।
रानीमहलमा हुने राष्ट्रिय भलिबलको तयारी पुरा
मंगलबार, वैशाख २६, २०८०
यही बैशाख २८ गतेदेखि ३० गतेसम्म पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहलमा हुन लागेको पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । सञ्जय मेमोरियल प्रतिष्ठानको आयोजना र पाल्पा भलिबल संघको सह–आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी पुरा भएको हो । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ...
लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा.केसी
मंगलबार, वैशाख २६, २०८०
लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.नहकुल केसीलाई नियुक्त गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले दाङ तुलसीपुर उपमहानगरपालिका–६ का स्थायी बासिन्दा डा केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका मन्त्री तथा प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।


