वर्षाले पाल्पाको अन्न भण्डार डुबानमा
सोमबार, भदौ १४, २०७८
गुल्मीको कालीगण्डकी कृषि जोन बन्दै
शनिबार, भदौ ५, २०७८
सुदरपुर्व गुल्मी कालीगण्डकी गाउँपालिका १,गिदुवा टोलकी ३५ बर्षकी भूमिकला पाण्डेलाई अहिले आफ्नो घर खर्चका लागि अरुको मुख ताक्नुपर्ने अवस्था छैन । भूमिले, स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत व्यवसायिक रुपमा बाख्रापालन गर्न थाले पछि दुई छोरा छोरीलाई उच्चशिक्षा पढाउने खर्चको जोहो गर्ने समस्या पनि हटेको छ ।
पाल्पाका स्थानीय सरकारको प्राथमिकता कृषि , उत्पादन बढाउन कृषकलाई औजार
बिहीबार, भदौ ३, २०७८
जिल्लाका स्थानीय सरकारहरुले कृषिलाई प्राथमिकता दिएर अगाडि बढेका छन् । उनीहरुले कृषिबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै कृषिलाई प्राथामिकतामा राखेर काम गर्दै आएको पाइन्छ । यहाँका स्थानीय सरकारले कृषकलाई कृषिमा लाग्न प्रोत्साहन गर्दै आएका छन् । कृषकलाई अनुदानमा कृषि औजार, विउ विजन र प्राविधिक सहयोग समेत यहाँका स्थानीय...
बाँदर आतंकले जोगिएन खेती
बुधबार, भदौ २, २०७८
गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुकी पार्वता भण्डारीको घर नजिकै एक हलको बारी छ । खेतीमा रोग नलागे र जङ्गली जनावरले नोक्सान नगरे छ मुरी मकै उत्पादन हुन्छ । ५/६ वर्षपहिलेसम्म साढे पाँचदेखि छ मुरीसम्म मकै भित्र्याएकी उनले यस वर्ष भने एक मुरी जति मकै स्याहरिन् ।
किसानलाई प्रेरित गर्न ड्रागन खेती
शुक्रबार, साउन २९, २०७८
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ड्रागन फ्रुट खेतीका लागि किसानलाई प्रेरित गरेको छ । गाउँपालिका–४ को पुछार भन्ने ठाउँमा स्थानीयवासीको २४ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर सो फ्रुट लगाइएको अध्यक्ष खिमबहादुर थापाले बताए ।
उत्पादन वृद्धि गर्न माथागढीका कृषकलाई कृषि औजार
बिहीबार, साउन २८, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।
भैँसीपालनमा भविष्य खोज्दै रामपुरका युवा
सोमबार, साउन २५, २०७८
‘विदेश गए धेरै दिन बसिन, किन बेच्नी रगत र पसिना, चिन्ता छैन केही, मलाई कतार पनि यहीँ, दुबई पनि यहीँ, मलाई मलेसिया यहीँ ।’ गायक पशुपति शर्माले गाएको यो गीत रामपुरका युवा बलबहादुर रानाको जीवनसँग मेल खाएको छ । दाम र कामको खोजीमा उनले चार वर्ष दुबईमा बिताए ।
मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना
सोमबार, साउन १८, २०७८
गुल्मीको मुसिकोट नगरपालिकामा बीउ स्रोत केन्द्रको स्थापना भएको छ । मुसिकोट नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ र साना किसान कृषि सहकारीको त्रिपक्षीय साझेदारीमा बीउ स्रोत केन्द्रको स्थापना भएको हो ।
मुसिकोटका युवा उद्यमीलाई सहुलियतपूर्ण कर्जा
सोमबार, साउन १८, २०७८
जिल्लाको मुसिकोट नगरपालिकाले युवा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । नगर सरकारले व्यवसायिक रुपमा लागेका युवाहरुलाई थप प्रोत्साहन गर्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो ।
अनुदानमा परनिर्भरता रोक्न उद्यमीबीच प्रतिष्पर्धा
शुक्रबार, साउन १५, २०७८
गुल्मीको मुसिकोट नगरपालिका –१ की दुर्गा थापालाई जिविकोपार्जनका लागि श्रीमानलाई विदेश नै पठाउनुपर्छ भन्ने कहिले लागेन । बरु श्रीमानले विदेश जाने मनशाय बनाउँदा पनि उनले कयौँपल्ट रोकिन् ।
पाल्पामा बेमौसमी आलु खेतीको सुरुवात
शुक्रबार, साउन ८, २०७८
पाल्पामा बेमौसमी आलुखेती सशुरुआत गरिएको छ । कृषि ज्ञान केन्द्रको आलु मिसन कार्यक्रमअन्तर्गत जिल्लाका उपयुक्त स्थानमा आलु लगाउन थालिएको हो ।
उत्पादन वृद्धि गर्न बगनासकालीका कृषकलाई कृषि औजार
शनिबार, असार २६, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।
झडेवा खुर्सानी पकेट क्षेत्र बन्दै
बिहीबार, असार २४, २०७८
जिल्लाको माथागढी गाउँपालिका ४ झडेवा अहिले खुर्सानीको पकेट क्षेत्र बन्दै गएको छ । खेर गइरहेको जग्गालाई सदुपयोग गर्दै गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय कृषक समूह मार्फत खुर्सानीको पकेट क्षेत्रको रुपमा झडेवा अगाडि बढेको हो ।


