Shittalpati
माथागढीको भैसीकट्टामा बाख्रा वितरण

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका ३ भैसीकट्टामा बाख्रा वितरण गरिएको छ । माथागढी कृषि तथा पशु उद्यमशिलता विकास परियोजनामार्फत देउराली स्वावलम्बी महिला समूहलाई बाख्रा वितरण गरिएको हो । यहाँ देउराली स्वावलम्बी महिला मूल समूहका १० जना सदस्यहरुलाई बाख्रा प्रदान गरिएको छ । गाउँपालिकाका नागरिकलाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने उद्देशयले परियोजनामार्फत बाख्रा वितरण गरिदै आइएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । परियोजनाले एक औपचारिक कार्यक्रमका बिच भैसीकट्टामा उन्नत जातको विउ पाठी वितरण गरेको हो ।

वडा सदस्य खड्गबहादुर ठाडाले समूहका महिलाहरुलाई बाख्रा वितरण गरेका हुन् । बाख्रा वितरण गर्दै वडा सदस्य ठाडाले वडाका नागरिकहरुको कृषि र पशुपालनको माध्यमबाट आर्थिक उन्नति गराउन बाख्रा वितरणले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले बाख्रा पालन गरी त्यसबाट मनग्य आम्दानी गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन समूहमा आवद्ध महिलाहरुलाई आग्रह गरे । कार्यक्रममा उपभोक्ता समितिका सचिव शान्तिकुमारी नेपालीले समूहलाई उपहार स्वरुप बाख्रा उपहार प्रदान गरेकोमा खुसी ब्यक्त गरिन । उनले बाख्रा पालनबाट आफुहरुले मनग्य आम्दानी गर्दै बैहीनी समूहलाई समेत बाख्रा दिने बताइन् । प्राविधिक संयोजक कृष्णप्रसाद न्यौपानेले पशु बिमाको महत्व र प्राविधिक सेवाको विषयमा समूहका महिलाहरुलाई जानकारी गराए । सोही अवसरमा उनले १० वटा बाख्राको बिमा समेत गरिदिएका छन् । परियोजनाका कार्यक्रम संयोजक रनबहादुर कुमालले माथागढी गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल तथा बेस नेपालको समन्वयमा वडा १, २, ३, ४, ६, वडामा मात्रै २ सय १० वटा विउ पाठी र ४४ वटा बंगुर वितरण गरेको बताए । कार्यक्रम समूहका अध्यक्ष शान्ति नेपालीको अध्यक्षता, सामुदायिक सहजकर्ता अनिल पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update