Shittalpati
झडेवामा खुर्सानी वितरणसँगै अभिमुखिकरण

पाल्पा, जिल्लाको माथागढी गाँउपालिका–४ झडेवामा खुर्सानी वितरणसँगै अभिमुखीकरण कार्यक्रम गरिएको छ । गाउँपालिकाको एक गाउँ एक उत्पादन खुर्सानी पकेट कार्यक्रम अन्तर्गत खुर्सानी बिउ वितरण तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो । झडेवालाई खुर्सानी पकेट क्षेत्रको रूपमा विस्तार गर्ने गरी गाउँपालिकाले यहाँका विऊ वितरण र विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ ।

गाउँपालिकाले कृषि क्षेत्रबाटै जनतालाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने योजना अनुरूप यहाँ अखबरे खुर्सानी र नेपा हट खुर्सानी वितरण गरिएको छ । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष मधु पराजुलीले वडालाई पूर्ण रुपमा खुर्सानी पकेट क्षेत्र गराउने गरी वडा कार्यालयले अगाडि बढेको बताए । उनले यहाँका कृषकहरुलाई विउविजन सँगै आवश्यक प्राविधिक समेत उपलब्ध गराइदै आइएको बताए । उनले कृषिको विकास बिना आर्थिक समृद्धि सम्भव नभएको भन्दै सबै गाँउवासीहरुलाई आफु सक्दो कृषिमा तल्लीन रहन अध्यक्ष पराजुलीले आग्रह गरे । गाउँपालिकाका कार्यपालिका सदस्य साबित्री पन्थीले गाँउपालिकाले वितरण गरेका हरेक प्रकारका कृषिका उपकरण, तथा मल बिउ र प्रविधिले अब गाउँका किसानहरुले राम्रोसँग प्रतिफलमुखि परिणाम पाउनेमा विश्वास व्यक्त गरिन् । कृषि अधिकृत गौतम थापाले खुर्सानीको बिउ कसरी लगाउने, मलखादको प्रयोग कसरी गर्ने, बिरुवा हेरचाह कसरी गर्ने लगायतका विषयमा अभिमुखिकरण दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update