गुड र खुदोबाट मनग्य आम्दानी गर्दै उखु किसान
शुक्रबार, चैत १८, २०७८
पाल्पामा धमाधम चैतेधान रोपाइँ हुँदै
बिहीबार, चैत १७, २०७८
पाल्पाका फाँटहरुमा यतिबेला चैतेधान रोप्ने चटारो रहेको छ । फागुन महिनामा विउ राखेर चैत्र महिनामा हिउँदे धान रोप्ने प्रचलन रहेको छ । पाल्पामा नियमित रुपमा कुलो लाग्ने र प्रशस्त पानी भएका खोला नालाका फाँटहरुमा चैतेधान रोप्ने परम्परा रहेको छ ।
माथागढीमा उत्पादन बढाउन किसानलाई मकैको बिउ
बिहीबार, चैत १७, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले उत्पादन बढाउन किसानलाई मकैको बिउ दिएको छ । गाउँपालिकाको कृषि शाखाले आधुनिक कृषि प्रणालीमार्फत किसानको उत्पादन बढाउने उद्देश्यले अनुदानमा उन्नत जातको मकैको बिउ दिएको हो । गाउँपालिकाका ८ वटै वडाका किसानहरुलाई गाउँपालिकाले मागको आधारमा बिउ वितरण गरेको छ । उसले स्थानीय सरकारको ७५ प्रतिशत र किसानको २५...
अदुवा बजारीकरणमा समस्या, बारीमै कुहाउन कृषक बाध्य
बुधबार, चैत ९, २०७८
बारीभरि लगाएका अदुवाको उत्पादन लिने समय भयो कि बजारकै चिन्ताले पिरोल्ने गरेको बगनासकालीका अदुवा व्यवसायी पशुपति बस्यालको गुनासो छ । अदुवाको बजार भारतमै निर्भर रहँदा पछिल्ला वर्षमा बजार समस्या निम्तिएको उनी बताउँछन् । भारतीय बजारलाई लक्षित गरी यहाँका कृषकले अदुवा उत्पादन गर्दै आएका छन् ।
व्यवसायिक च्याउ खेतीतर्फ किसान आकर्षित
शनिबार, चैत ५, २०७८
पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन् ।
माथागढीको भैसीकट्टामा बाख्रा वितरण
शुक्रबार, फागुन २७, २०७८
जिल्लाको माथागढी गाउँपालिका ३ भैसीकट्टामा बाख्रा वितरण गरिएको छ । माथागढी कृषि तथा पशु उद्यमशिलता विकास परियोजनामार्फत देउराली स्वावलम्बी महिला समूहलाई बाख्रा वितरण गरिएको हो । यहाँ देउराली स्वावलम्बी महिला मूल समूहका १० जना सदस्यहरुलाई बाख्रा प्रदान गरिएको छ ।
झडेवामा खुर्सानी वितरणसँगै अभिमुखिकरण
बिहीबार, फागुन २६, २०७८
जिल्लाको माथागढी गाँउपालिका–४ झडेवामा खुर्सानी वितरणसँगै अभिमुखीकरण कार्यक्रम गरिएको छ । गाउँपालिकाको एक गाउँ एक उत्पादन खुर्सानी पकेट कार्यक्रम अन्तर्गत खुर्सानी बिउ वितरण तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो । झडेवालाई खुर्सानी पकेट क्षेत्रको रूपमा विस्तार गर्ने गरी गाउँपालिकाले यहाँका विऊ वितरण र विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ ।
गोलभेँडाबाट आत्मनिर्भर बन्दै लघुवाका महिला
मंगलबार, फागुन २४, २०७८
परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि भेगका किसानको जीवन शैलीमा परिवर्तन देखिएको छ । गोलभेँडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी लघुवावासी यतिबेला व्यावसायिक गोलभेँडा खेतीका लागि प्रख्यात बनेका छन् ।
पाल्पाका चार स्थानीय तहमा सुन्तला ‘जोन’
शनिबार, फागुन २१, २०७८
जिल्लाका चार स्थानीय तहमा सुन्तला ‘जोन’ सञ्चालन हुने भएको छ । जिल्लाको तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको हो ।
किसानले मूलाको विकल्पमा तोरी लगाउन थाले
शुक्रबार, फागुन २०, २०७८
बजार अभावका कारण यहाँका किसानले मूलाको बीउ उत्पादन रोकेका छन् । बीउ उत्पादनका लागि प्रसिद्ध मानिएको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिीसेराका किसानले केही वर्षयता मूलाको बीउ उत्पादन रोकेका हुन् । २६ वर्ष अघिदेखि मूलाको बीउ उत्पादनमा अब्बल मानिएको कुश्मिशेराको टारमा किसानले मूलाको विकल्पमा तोरी लगाउन थालेका छन् । कतिपय किसानले हिउँदमा...
गाउँ फर्किएर कृषि, पशुपालनमा रमाउँदै रिब्दीकोटका युवा
शनिबार, फागुन १४, २०७८
शिक्षा, रोजगारी र अवसरको खोजीमा अधिकांशको सहरी क्षेत्रमा छिर्ने क्रम बढ्दो छ । पहाडी जिल्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीबाट ग्रामीण क्षेत्र त्यागेर रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायत सहरी क्षेत्रमा अधिकांशले अवसरको खोजीमा बसाइँसराइ गरिरहेका छन् ।
‘सिँचाइ विना कृषि असम्भव’
बिहीबार, फागुन १२, २०७८
लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सिँचाइ बिना कृषि उत्पादन सम्भव नभएको बताएका छन् । रामपुर फाँट सिँचाइ जल उपभोक्ता समन्वय समिति रामपुर पाल्पाको ३३ औँ वार्षिकोत्सव तथा १३ औँ परिषद् भेलालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र बलियो बनाउने आधार नै कृषि भएकाले सिँचाइमा लगानी बढाउन आवश्यकरहेको औल्याए ...
किसानलाई अनुदानमा बङ्गुरका पाठापाठी
सोमबार, फागुन ९, २०७८
स्याङ्जाको गल्याङ नगरपालिकाले एक हजार ७ सय बङ्गुरका पाठापाठी वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशत
र किसानको ५० प्रतिशत लागत सहभागितामा कल्लेरी कृषि सहकारी संस्थामार्फत बङ्गुरको पाठापाठी वितरण गरिएको हो ।

.jpg)
