Shittalpati
सरकारको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई आर्थिक वृद्धिको बलियो आधार बनाउनेदेखि रोजगारी सिर्जना गर्ने
सरकारको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई आर्थिक वृद्धिको बलियो आधार बनाउनेदेखि रोजगारी सिर्जना गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
बेमौसमी तरकारीबाट मनग्य आम्दानी
बेमौसमी तरकारीबाट मनग्य आम्दानी सामान्य अन्नबाली उब्जाउ हुने जग्गामा तरकारी लगाउँदा मेगराज न्यौपानेलाई छोटो समयमा लाखौँ कमाई होला भन्ने आशा थिएन । विदेशबाट फर्केपछि बेरोजगार बस्नुभन्दा तरकारी लगाएर दुईचार पैसा कमाउन सकिन्छ कि भन्ने मनसायले उनले तरकारी खेती सुरु गरे ।
आजदेखि सातौँ कृषि गणना सुरु, पाल्पाका एक सय ६४ क्षेत्रमा कृषि गणना
आजदेखि सातौँ कृषि गणना सुरु, पाल्पाका एक सय ६४ क्षेत्रमा कृषि गणना पाल्पा सहित देशभर कृषि गणना सूरु भएको छ । प्रत्येक १०÷१० वर्षमा गरिने कृषि गणना आजदेखि सातौं गणनाका रुपमा गर्न लागिएको हो ।
सुत्केरी खर्चले थप्यो पशुपालनमा उर्जा
सुत्केरी खर्चले थप्यो पशुपालनमा उर्जा नागिनी एग्रो एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक नरनारायण अर्यालले ३६ वटा भैँसी सुत्केरी भएवापत ३६ हजार रकम बुझे । सो रकम पशु सुत्केरी पोषण खर्चका निम्ति अर्याललाई उपलब्ध गराइएको हो ।
गुड र खुदोबाट मनग्य आम्दानी गर्दै उखु किसान
गुड र खुदोबाट मनग्य आम्दानी गर्दै उखु किसान छत्रकोट गाउँपालिका–४, दिगामका प्रेमनाथ पन्थले आठ रोपनी बारीमा उखु खेती गर्दै आएका छन् । उनले एक दशकदेखि व्यावसायिक उखु खेती गर्दै आएका हुन् । पन्थले उखुबाट खुदो र गुड उत्पादन गरी विक्री गर्दै आएका छन् । गुड र खुदो विक्रीबाट पन्थले वार्षिक ७ देखि १० लाख आम्दानी गर्ने गरेको बताउँछन् ...
पाल्पामा धमाधम चैतेधान रोपाइँ हुँदै
पाल्पामा धमाधम चैतेधान रोपाइँ हुँदै पाल्पाका फाँटहरुमा यतिबेला चैतेधान रोप्ने चटारो रहेको छ । फागुन महिनामा विउ राखेर चैत्र महिनामा हिउँदे धान रोप्ने प्रचलन रहेको छ । पाल्पामा नियमित रुपमा कुलो लाग्ने र प्रशस्त पानी भएका खोला नालाका फाँटहरुमा चैतेधान रोप्ने परम्परा रहेको छ ।
माथागढीमा उत्पादन बढाउन किसानलाई मकैको बिउ
माथागढीमा उत्पादन बढाउन किसानलाई मकैको बिउ जिल्लाको माथागढी गाउँपालिकाले उत्पादन बढाउन किसानलाई मकैको बिउ दिएको छ । गाउँपालिकाको कृषि शाखाले आधुनिक कृषि प्रणालीमार्फत किसानको उत्पादन बढाउने उद्देश्यले अनुदानमा उन्नत जातको मकैको बिउ दिएको हो । गाउँपालिकाका ८ वटै वडाका किसानहरुलाई गाउँपालिकाले मागको आधारमा बिउ वितरण गरेको छ । उसले स्थानीय सरकारको ७५ प्रतिशत र किसानको २५...
अदुवा बजारीकरणमा समस्या, बारीमै कुहाउन कृषक बाध्य
अदुवा बजारीकरणमा समस्या, बारीमै कुहाउन कृषक बाध्य बारीभरि लगाएका अदुवाको उत्पादन लिने समय भयो कि बजारकै चिन्ताले पिरोल्ने गरेको बगनासकालीका अदुवा व्यवसायी पशुपति बस्यालको गुनासो छ । अदुवाको बजार भारतमै निर्भर रहँदा पछिल्ला वर्षमा बजार समस्या निम्तिएको उनी बताउँछन् । भारतीय बजारलाई लक्षित गरी यहाँका कृषकले अदुवा उत्पादन गर्दै आएका छन् ।
व्यवसायिक च्याउ खेतीतर्फ किसान आकर्षित
व्यवसायिक च्याउ खेतीतर्फ किसान आकर्षित पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन् ।
माथागढीको भैसीकट्टामा बाख्रा वितरण
माथागढीको भैसीकट्टामा बाख्रा वितरण जिल्लाको माथागढी गाउँपालिका ३ भैसीकट्टामा बाख्रा वितरण गरिएको छ । माथागढी कृषि तथा पशु उद्यमशिलता विकास परियोजनामार्फत देउराली स्वावलम्बी महिला समूहलाई बाख्रा वितरण गरिएको हो । यहाँ देउराली स्वावलम्बी महिला मूल समूहका १० जना सदस्यहरुलाई बाख्रा प्रदान गरिएको छ ।
झडेवामा खुर्सानी वितरणसँगै अभिमुखिकरण
झडेवामा खुर्सानी वितरणसँगै अभिमुखिकरण जिल्लाको माथागढी गाँउपालिका–४ झडेवामा खुर्सानी वितरणसँगै अभिमुखीकरण कार्यक्रम गरिएको छ । गाउँपालिकाको एक गाउँ एक उत्पादन खुर्सानी पकेट कार्यक्रम अन्तर्गत खुर्सानी बिउ वितरण तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो । झडेवालाई खुर्सानी पकेट क्षेत्रको रूपमा विस्तार गर्ने गरी गाउँपालिकाले यहाँका विऊ वितरण र विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ ।
गोलभेँडाबाट आत्मनिर्भर बन्दै लघुवाका महिला
गोलभेँडाबाट आत्मनिर्भर बन्दै लघुवाका महिला परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि भेगका किसानको जीवन शैलीमा परिवर्तन देखिएको छ । गोलभेँडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी लघुवावासी यतिबेला व्यावसायिक गोलभेँडा खेतीका लागि प्रख्यात बनेका छन् ।
Weather Update