Shittalpati
किसानले मूलाको विकल्पमा तोरी लगाउन थाले
किसानले मूलाको विकल्पमा तोरी लगाउन थाले बजार अभावका कारण यहाँका किसानले मूलाको बीउ उत्पादन रोकेका छन् । बीउ उत्पादनका लागि प्रसिद्ध मानिएको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिीसेराका किसानले केही वर्षयता मूलाको बीउ उत्पादन रोकेका हुन् । २६ वर्ष अघिदेखि मूलाको बीउ उत्पादनमा अब्बल मानिएको कुश्मिशेराको टारमा किसानले मूलाको विकल्पमा तोरी लगाउन थालेका छन् । कतिपय किसानले हिउँदमा...
गाउँ फर्किएर कृषि, पशुपालनमा रमाउँदै रिब्दीकोटका युवा
गाउँ फर्किएर कृषि, पशुपालनमा रमाउँदै रिब्दीकोटका युवा शिक्षा, रोजगारी र अवसरको खोजीमा अधिकांशको सहरी क्षेत्रमा छिर्ने क्रम बढ्दो छ । पहाडी जिल्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीबाट ग्रामीण क्षेत्र त्यागेर रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायत सहरी क्षेत्रमा अधिकांशले अवसरको खोजीमा बसाइँसराइ गरिरहेका छन् ।
‘सिँचाइ विना कृषि असम्भव’
‘सिँचाइ विना कृषि असम्भव’ लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सिँचाइ बिना कृषि उत्पादन सम्भव नभएको बताएका छन् । रामपुर फाँट सिँचाइ जल उपभोक्ता समन्वय समिति रामपुर पाल्पाको ३३ औँ वार्षिकोत्सव तथा १३ औँ परिषद् भेलालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र बलियो बनाउने आधार नै कृषि भएकाले सिँचाइमा लगानी बढाउन आवश्यकरहेको औल्याए ...
किसानलाई अनुदानमा बङ्गुरका पाठापाठी
किसानलाई अनुदानमा बङ्गुरका पाठापाठी स्याङ्जाको गल्याङ नगरपालिकाले एक हजार ७ सय बङ्गुरका पाठापाठी वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा कल्लेरी कृषि सहकारी संस्थामार्फत बङ्गुरको पाठापाठी वितरण गरिएको हो ।
लुम्बिनी प्रदेश सरकार खोरेत रोग उन्मूलन अभियानमा
लुम्बिनी प्रदेश सरकार खोरेत रोग उन्मूलन अभियानमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्र खोरेत रोग उन्मूलन अभियान सञ्चालन कार्यक्रम शुरु गरेको छ । प्रदेशभित्रका १० वटा जिल्लाहरुलाई केन्द्रित गरेर लुम्बिनी प्रदेश कृषि खाद्यप्रविधि तथा भुूमि व्यवस्था मन्त्रालयले पशुहरुको तथ्याड्ढ संकलनदेखि खोरेत रोग विरुद्धको भ्याक्सिन तथा डाटा संकलन अभियान चलाएको छ ।
कफीमा सिन्दुरे रोग : पाल्पाका किसान चिन्तित
कफीमा सिन्दुरे रोग : पाल्पाका किसान चिन्तित पाल्पामा कफी खेतीमा सेतो गबारो र सिन्दुरे रोग देखिन थालेको छ । ती रोगले कफीका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । कफी व्यवसायी संघ पाल्पाका संयोजक कमलराज खनालले यसवर्ष कफीका बोटमा सिन्दुरे र गबारो रोग देखिएकाले यसका बोट सुकेर जान थालेको बताए ।
गाउँ फर्किएर गाईपालनमा युवा
गाउँ फर्किएर गाईपालनमा युवा ‘वनको चरी वनमै रमाउँछ’ भनेझैं स्याङ्जा गल्याङ ९ गेझाका कुसुम भण्डारी राजधानीबाट गाउँमै फर्केर गाईपालन व्यवसाय गर्न थाले । गीत संगीतका क्षेत्रमा संघर्ष गरेर निखारता आउँदै गर्दा काठमाडौँको बसाई छोट्याएर गाउँमै गाईपालन गर्ने र त्योसँगै गीत संगीत अगाडि बढाउने गरी २०७० सालमा गेझा गाउँ फर्किए ।
ग्राहकको प्रतिक्षा
ग्राहकको प्रतिक्षा
पशुमा फैलिएका खोरेत रोग नियन्त्रणमा
पशुमा फैलिएका खोरेत रोग नियन्त्रणमा पाल्पाको निस्दी गाउँपालिका–२ स्थित सुकेकोटमा पशुमा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ । गाउँका करिब ३०० गाई, भैसी, बंगुर, बाख्रामा खोरेत रोग फैलिएको थियो ।
रेसुङ्गा नगरपालिकामा कृषकलाई त्रिपाल र कर्नी वितरण
रेसुङ्गा नगरपालिकामा कृषकलाई त्रिपाल र कर्नी वितरण जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषकहरुलाई त्रिपाल तथा कर्नी वितरण गरिएको छ । रेसुङ्गा नगरपालिका वडाकार्यालय १ ले आइतबार २५ जना कृषकहरुलाई त्रिपाल तथा कर्नी वितरण गरेको हो ।
५७ करोडको सुन्तला विक्री
५७ करोडको सुन्तला विक्री सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जामा यसवर्ष ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला विक्री भएको छ । गत वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएको भएपनि बजार मूल्य राम्रो पाएकाले सो मूल्य बराबरका सुन्ताला विक्री भएको हो ।
पाल्पामा लोप हुँदै रैथाने अन्नबाली
पाल्पामा लोप हुँदै रैथाने अन्नबाली रैथाने अन्नबाली उत्पादनमा किसानको जागर छैन । मेहनत अनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पा लगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् ।
Weather Update