पाल्पामा कृषि प्रमुख तथा प्राविधिकहरुसँग छलफल
बुधबार, मंसिर १, २०७८
प्रविधितर्फ किसान आकर्षित
शुक्रबार, कात्तिक २६, २०७८
रम्भा गाउँपालिका १ सघाहाका अगुवा किसान ऋषिराम अर्यालले विगत पाँच वर्षदेखि प्रविधि (थ्रेसर) को प्रयोग गरी धानबाली स्याहार्दै आएका छन् । धान झाट्ने र दाही हाल्ने काम एकै पटकमा हुने भएपछि ‘थ्रेसर मेसिन’बाट धान स्याहार्ने कार्यमा कृषकको आकर्षण बढेको उनी बताउन्छन् ।
पाल्पाका महिला घाँस खेतीबाट मनग्य आम्दानी गर्दै
सोमबार, कात्तिक १५, २०७८
पाल्पाको तानसेन नगरपालिकाका महिला पछिल्लो समय घाँस खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा गरिने कृषि पेसाभन्दा घाँसबाट मनग्य आम्दानी हुन थालेपछि उनीहरु व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका हुन् ।
पाल्पामा कृषि र पशु क्षेत्रको बजेट २१ करोड २२ लाख
शुक्रबार, कात्तिक १२, २०७८
जिल्लामा कृषि र पशु विकासको क्षेत्रमा २१ करोड २२ लाख बढी बजेट विनियोजन भएको छ । जिल्लामा कृषि र पुश विकासको क्षेत्रमा काम गर्दै आएका सरकारी निकायहरुले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि २१ करोड २२ लाख ४८ हजार बराबरको बजेट विनियोजन गरेका छन् ।
बेमौसमे बर्षाः काटेको धान खेतमै डुब्यो
मंगलबार, कात्तिक ९, २०७८
गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरकी दुर्पता भण्डारी परिवारले आफ्नो ६ रोपनी खेतमा असारको मध्यतिर धान रोपिन । उक्त धान अहिले काट्ने समय हो ।
उन्नत जातका बाख्रा वितरण
आइतबार, कात्तिक ७, २०७८
रम्भा गाउँपालिका–१ का कृषकलाई बाख्रा वितरण गरिएको छ । यहाँको जनजागरण स्वावलम्बन महिला समूहमा आवद्ध २७ जना सदस्यलाई बाख्रा वितरण गरिएको हो ।
बेमौसमी वर्षाको असर, लुम्बिनी प्रदेशमा ५ अर्बको अन्नबालीमा क्षति
शुक्रबार, कात्तिक ५, २०७८
बेमौसमी वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ५ अर्ब बराबरको अन्नबालीमा क्षति पुर्याएको प्रारम्भिक आँकलन गरिएको छ । क्षतिको विवरण अझै बढ्न सक्ने प्रदेश कृषि मन्त्रालयको भनाइ छ ।
बाँदर नियन्त्रण गरिदिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मंगलबार, असोज १९, २०७८
जिल्लाको कुसुमखोलाका कृषकले बाँदर नियन्त्रण गरिदिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । कुसुमखोलाका अगुवा कृषक कमलराज खनालले बाँदरले किसानले लगाएको बालीनाली सखाप पारिदिने गरेकाले बाँदर नियन्त्रण गरिदिन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएका हुन् ।
कोरोना माहामारीबीच कोदो खेतीमा वृद्धि
मंगलबार, असोज ५, २०७८
कोभिड–१९ ले धेरैकुरालाई प्रभावित पारेको भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ ।
पाल्पामा कृषकको उत्पादनले उचित मूल्य पाएन
शुक्रबार, असोज १, २०७८
जिल्लामा कृषकले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन सकेको छैन । भारतीय बजारबाट आएको तरकारीले बजार ओगटेपछि यहाँका कृषकहरुले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन नसकेको हो ।
वन नर्सरीबाट रोजगारी
बिहीबार, भदौ ३१, २०७८
नर्सरीमा नयाँ बिरुवा जमाउने, बिरुवा सार्ने, बिरुवाको झारपात गोड्ने, पानी हाल्ने, ग्रेडिङ गर्ने लगायत काम हुन्छन् । त्यहाँ दैनिक १० देखि १२ जनासम्मले रोजगारी प्राप्त गरेका छन् ।
व्यावसायिक गोलभेँडा खेतीप्रति आकर्षण
सोमबार, भदौ २८, २०७८
बाँदरले अन्नबालीलाई नोक्सानी गर्न थालेसँगै यहाँका किसान गोलभेँडा खेतीमा आकर्षित भएका छन् ।
तानसेनमा बाख्रा पकेट क्षेत्र विस्तार
शुक्रबार, भदौ २५, २०७८
तानसेन नगरपालिका–१२ मा बाख्रा पकेट क्षेत्र विस्तारका निम्ति बाख्रा उपहार प्रदान गरिएको छ । मासुमा आत्मनिर्भर बनाउनका निम्ति बाख्रा पाकेट क्षेत्र विस्तार गरिएको हो ।


