Shittalpati
तराईबाट आएर पहाडमा खेती
तराईबाट आएर पहाडमा खेती पछिल्लो समय पहाडबाट बसाइँसराइ गरेर तराई झर्नेको संख्या निरन्तर बढिरहेको छ । खासगरी श्रीमानले विदेशमा कमाउने र विस्तारै परिवार विलासी जीवन बिताउनका लागि तराई झर्ने क्रमले ग्रामीण भेग सुनसान बन्दै गइरहेका छन् । तीव्र गतिमा भइरहेको बसाइँसराइले गर्दा ग्रामीण भेगका खेतबारी बाँझो जमिनका रूपमा परिणत हुँदै गएका छन् ।
रामपुरको शीतभण्डार पुनःमर्मत गरी सञ्चालनको तयारी
रामपुरको शीतभण्डार पुनःमर्मत गरी सञ्चालनको तयारी ग्रामीण भेगमा ठूलो क्षमताको शीतभण्डार बनेपछि व्यावसायिक उत्पादनमा कृषक उत्साहित बने । सदरमुकामदेखि टाढा रहेको रामपुर नगरपालिकामा तीन सय मेटिूक टन क्षमताको शीतभण्डार निर्माणले कृषकमा औधी खुसी छायो । परीक्षणका लागि गत वर्ष करिब दुई हजार नौ सय बोरा आलु भण्डारण गरियो । भण्डारण गृहमा राखिएको आलु कुहिने र उम्रने...
घर फर्किएर, ‘बाख्रापालन’
घर फर्किएर, ‘बाख्रापालन’ तानसेन नगरपालिका–१२ बौघापोखराथोकका ३८ वर्षीय मुरारी पौडेलको खोरमा २० वटा बाख्रा छन् । लामो समय विदेश बसेर फर्किएका उनले रु १५ लाखको लगानीमा बाख्राका लागि आधुनिक खोर निर्माण गरेका छन् । तीन वर्ष मलेसिया र आठ वर्ष दुबई बसेर फर्किएका पौडेल अब विदेश नजाने सोंचमा छन् ।
सामूहिक बाख्रापालनमा महिलाको अग्रसरता
सामूहिक बाख्रापालनमा महिलाको अग्रसरता यहाँका महिलाले सामूहिक बाख्रापालनमा अग्रसरता देखाएका छन् । स्याङ्जाको वालिङ नगरपालिका ६ भरुवाका महिलाले बाख्रापालन गर्ने उद्देश्यसहित समूह गठन गरी सोहीमार्फत बाख्रापालन थालेका हुन् । स्थानीय दश महिला आवद्ध भई ‘भरुवा महिला बाख्रापालन समूह’ दर्ता गरी गत असारबाट व्यावसायिक बाख्रापालन थालिएको हो ।
रसायनको प्रयोगले केरा उत्पादनमा समस्या
रसायनको प्रयोगले केरा उत्पादनमा समस्या रामपुर नगरपालिका–६ प्याक्लुक बस्ने वृहस्पति अर्यालले तीनवर्ष अघि केरा खेती सुरु गरे । पहिलो वर्ष र दोस्रो वर्षमा केराको उत्पादन राम्रै लिए । तर तेस्रो वर्षमा भने केराको उत्पादन कम भएपछि उनी अहिले चिन्तित छन् । करिब नौ रोपनीमा व्यवसाय गरेका अर्यालले हाल क्षेत्रफल घटाएर चार रोपनीमा मात्रै सीमित बनाएका...
शीतभण्डार निर्माण पूरा नहुँदा स्थानीय निरास
शीतभण्डार निर्माण पूरा नहुँदा स्थानीय निरास ,कृषिजन्य उत्पादनलाई दृष्टिगत गर्दै शीतभण्डार निर्माणको प्रक्रियाले स्थानीयवासी औधी खुसी भए । आफ्नै गाउँघरमा उत्पादन हुने तरकारी, फलफूल लगायत विभिन्न कृषिजन्य पदार्थ सुरक्षित भण्डारण गर्न पाउने भएपछि उनीहरुले उत्पादन वृद्धि गर्ने सोच पनि बनाए । गाउँमा तरकारी, फलफूल लगायत बालीनालीको उत्पादन धेरै हँुदा भण्डारण गर्ने सुविधा हुने भएपछि कृषिमा उत्साह...
कृषक आफैले खोले तानसेनमा ‘दूध डेरी’
कृषक आफैले खोले तानसेनमा ‘दूध डेरी’ जिल्लामा कृषकबाट सस्तोमा दूध खरिद गरी विचौलियाले धेरै नाफा कमाए । तर कृषक कहिल्यै उँभो लागेनन् । न त कृषको जीवनस्तर माथि उठ्न सक्यो न त उपभोक्ताले नै राम्रो दूध उपभोग गर्न पाए । लामो समयदेखि विचौलियाहरुको फन्दामा परेका तानसेनका कृषकले भने अहिले आफै दूध डेरी खोलेर उचित मूल्य पाउनुको...
बिउ प्रशोधन केन्द्रले उत्पादकलाई सहज
बिउ प्रशोधन केन्द्रले उत्पादकलाई सहज स्याङ्जाको वालिङ नगरपालिका–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले बिउ प्रशोधन थालेको छ । प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै बिउ समूहद्वारा उत्पादित बिउको सफाइ गर्ने, ग्रेडिङ गर्ने, विषादी उपचार गर्ने र प्याकेजिङ गर्न थालिएको हो ।
गाउँमै संकलन केन्द्र भएपछि खुर्सानी कृषक उत्साहित
गाउँमै संकलन केन्द्र भएपछि खुर्सानी कृषक उत्साहित जिल्लाको रिब्दीकोट गाउँपालिकाका खुर्सानी कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा आएपछि उत्साहित भएका छन् । उत्पादन गरेको अकबरे खर्सानी विक्री नहुँदा बारीमा कुहाउनु परेको अवस्थामा चिन्तित बनेका यहाँका कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा आए पछि भने उत्साहित भएका हुन् ।
शीत भण्डारमा आलु बिग्रियो, किसानले पाएनन् क्षतिपूर्ति
शीत भण्डारमा आलु बिग्रियो, किसानले पाएनन् क्षतिपूर्ति भण्डारण गरेको बीउ आलु बिग्रिए पनि यहाँका किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । स्याङ्जाको भीरकोट नगरपालिका–५ पकानका किसानले राखेको आलु बिग्रेको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो छ ।
मकैको बीउ विक्रीबाटै मनग्य आम्दानी
मकैको बीउ विक्रीबाटै मनग्य आम्दानी स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ । समूहले गत आर्थिक वर्ष २०७८/७९ मा ‘मनकामना–३’ जातको १६ टन मकैको बीउ विक्री गरेर १६ लाख ६४ हजार आम्दानी गरेको हो । महिलाले मात्र आवद्ध रहेको जैंसीडाँडा किसान समूहले विगत एघार वर्ष अघिदेखि सो जातको मकैको...
तानसेनमा पशुपालन र सहकारीको अनुगमन
तानसेनमा पशुपालन र सहकारीको अनुगमन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले आ.व.२०७८/०७९ मा सञ्चालन गरेका कार्यक्रमहरुको अनुगमन गरेको छ । केन्द्रले तानसेन नगरपालिकामा सञ्चालन भएका बाख्रा, गाई फर्म र दुग्ध सहकारीहरुको सरोकारवाला निकाय, पत्रकारहरुको उपस्थितीमा अनुगमन गरेको हो ।
Weather Update