Shittalpati
मल बिना नै धान रोप्दै किसान

रामचन्द्र रायमाझी
पाल्पाको अन्न भण्डारका रुपमा चिनिने माडीफाँटमा मल बिना धान रोप्दै किसान । यहाँका अधिकांस किसानले मल अभावमा मल प्रयोग नगरी रोपाइँ गर्दै छन् भने केहीले महँगो मूल्यमा भए पनि मल ल्याएर धान रोपाइँ गरिहेका छन् । किसानलाई मनसुनले साथ दिएपनि वर्षेनी रासायनिक मलले भने साथ दिएको छैन । यस वर्ष पनि अधिकांश किसान मल बिना नै रोपाइँ गर्न बाध्य छन् । धान खेतीका लागि आवश्यक रासायनिक मल पाउन नसक्दा पाल्पाका किसानले मल प्रयोग नगरिकनै धान रोप्नुपरेको छ । वर्षा शुरु भएसंँगै धान रोपाइँका लागि किसानले डिएपी, पोटास र युरिया मलको खोजीमा भौँतारिए पनि पाउन सकेका छैनन् । केहीले भने तोकिएको मूल्यभन्दा चारगुणा बढी मूल्यमा रासायनिक युरिया मल खरिद गरेका छन् । धानवालीमा मल नराखे उत्पादन नहुने भएपछि किसान महँगो मूल्यमा भए पनि मल खरिद गर्न बाध्य भएका छन् । यो समस्या पाल्पासहित देशभरको हो । धेरै ठाउँमा किसान मल नपाएर आत्तिएका छन् । केही ठाउँमा थोरै मात्रामा मल पुगे पनि त्यो पर्याप्त नभएको किसानहरुको गुनासो छ । तस्वीर सौजन्य : प्रकाश नेपाल

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update