Shittalpati
लुम्बिनी प्रदेश सरकार खोरेत रोग उन्मूलन अभियानमा

कृष्ण पोखरेल
पाल्पा, लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्र खोरेत रोग उन्मूलन अभियान सञ्चालन कार्यक्रम शुरु गरेको छ । प्रदेशभित्रका १० वटा जिल्लाहरुलाई केन्द्रित गरेर लुम्बिनी प्रदेश कृषि खाद्यप्रविधि तथा भुूमि व्यवस्था मन्त्रालयले पशुहरुको तथ्याड्ढ संकलनदेखि खोरेत रोग विरुद्धको भ्याक्सिन तथा डाटा संकलन अभियान चलाएको छ ।

प्रदेशभित्रका पाल्पा, अर्घाखाँची, रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा जिल्ला खोरेत रोग विरुद्धको भ्याक्सिन अभियान सञ्चालन हुँदै आएको छ । प्रदेश मन्त्रालयले प्रत्येक जिल्लाहरुमा पशुपालक कृषकको संख्या, पशु चौपायाको अवस्था र भ्याक्सिन लगाएका पशुको विवरण अनलाइन ईन्ट्री अभियान शुरु गरेको छ । प्रदेश सरकारले मन्त्रालयमै बसेर १२ वटै जिल्लाको विवरण हेर्न, विश्लेषण गर्न सकिने गरी जिल्ला जिल्लामा अनलाइनट डाटा ईन्ट्रि अभियानको आवश्यक तालिम तथा परामर्श अभियान सञ्चालन गर्दै आएको मन्त्रालयका पशु विकास अधिकृत हुमकान्त पाण्डेले बताए । पाल्पामा पनि एक महिना अघि तानसेन नगरपालिका, निस्दी गाउँपालिका र तिनाउ गाउँपालिकामा बाख्रा, बंगुर तथा भैसीमा खोरेत रोग देखिएको थियो । भेटेनेरी अस्पताल तथा पशु विकास सेवा कार्यालय पाल्पाले तत्कालै पशुहरुमा उपचार तथा भ्याक्सिनेसन गरी खोरेत रोग नियन्त्रणमा लिएको कार्यालय प्रमुख पशु चिकित्सक डा.चन्द्रबहादुर रानाले बताए । खोरेत रोग पशुमा लाग्ने सरुवा भाइरस रोग हो । खोरेत रोग गाईभैसी, भेडा, बाख्रा, बंगुरहरुमा लाग्ने गर्दछ । खोरेत रोग लागेमा भेडा बाख्रा तथा बंगुर, पाडापाडीहरु मर्ने, बच्चा पाउने भएका गाईभैसीहरु तुहिने, दुहुँनो गाईभैसीले दूध सुकाउने गरी असर गर्ने पशु चिकित्सक डा.नविन बस्यालले बताए । खोरेत रोग हावाको माध्यमबाट सर्ने भएकोले पशुहरुमा ज्वरो आउने, मुख तथा मजल थुन वरीपरी फोका आउने, खुरको कापमा घाउँ खटिरा हुने, घास तथा दाना नखाने, झोक्राउने, झुसिलो हुने, मुखबाट र्‍याल काढ्ने जस्ता लक्षण देखिने गरेको पशु सेवा प्राविधिक युवराज ज्ञवालीले बताए ।

प्रदेश कृषि तथा पशुपक्षी मन्त्रालयले लुम्बिनी प्रदेशका १० जिल्लाका १३ लाख ५२ हजार पशुहरुमा भ्याक्सिनेसन गर्ने अभियान शुरु गरेको छ । खोप ६/६ महिनाको अन्तरमा लगाईने गरी कार्यक्रम सञ्चालन गरिएको छ । पहिलो चरणमा पाल्पामा ३५ हजार, नवलपरासीमा ४७ हजार ५ सय, रुपन्देहीमा ७५ हजार, कपिलवस्तुमा ७७ हजार ५ सय, अर्घाखाँचीमा ४० हजार, प्यूठानमा ४० हजार, रोल्पामा ४० हजार, दाङमा ८२ हजार ५ सय, बाकेमा १ लाख ४५ हजार र बर्दियामा ७० हजार गरी ६ लाख ५२ हजार ५ सय खोरेत विरुद्धको खोप लगाईने जसको लागि ४ सय ५० जना जनशक्ति परिचालन गरिने सफ्टवेयर ईन्जिनियर अनिश श्रेष्ठले बताए । तालिममा पशु पंक्षीहरुको तथ्याड्ढ संकलन तथा तथ्याड्ढ ईन्ट्रि गर्ने तरिका, एप्स चलाउने तरिका सिकाईएको थियो । मन्त्रालयले स्थानीय तह पालिकासंग समन्वय गरेर भ्याक्सिनेसन अभियान सञ्चालन गर्दै आएको छ । विदेशमा दूध, मासु तथा निर्यातको लागि भ्याक्सिनेस गरिएको प्रमाणित हुनुपर्ने बाध्यात्मक अवस्था रहेकोले लुम्बिनी प्रदेश सरकारले खोरेत रोग उन्मूलन अभियान सञ्चालन गरेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update