Shittalpati
पाल्पामा यान्त्रिकरणतर्फ कृषकको आकर्षण
पाल्पामा यान्त्रिकरणतर्फ कृषकको आकर्षण पाल्पामा यान्त्रिकरणतर्फ कृषकहरुको आकर्षण बढ्दै गएको छ । यसले कृषि उत्पादनसँगै समयको बचत र लागत कम पर्ने भएपछि कृषकहरु यान्त्रिकरणतर्फ आकर्षित भएका हुन् । जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय निकायले कृषकलाई कृषि उत्पादन वृद्धि गराउन अनुदानमा कृषि यन्त्र वितरण गर्ने कार्यक्रम ल्याएपछि आधुनिक प्रविधिको प्रयोग बढेको छ ।
खुर्सानी र टमाटर बारीमै कुहिँदा कृषक चिन्तित
खुर्सानी र टमाटर बारीमै कुहिँदा कृषक चिन्तित बारीमा लगाएको खुर्सानी र टमाटर बारीमै कुहिँएपछि पाल्पा र गुल्मीका कृषक चिन्तित बनेका छन् । बारीमा लगाएको टमाटरमा किरा लाग्नु र बजारमा लैजानका लागि तयारी भएको खुर्सानीले बजार नपाई बारीमै कुँहिदा कृषक चिन्तित बनेका हुन् ।
गुल्मीमा कृषि उत्पादन वृद्वि गर्न बाली ब्लक
गुल्मीमा कृषि उत्पादन वृद्वि गर्न बाली ब्लक जिल्लामा कृषि उत्पादन वृद्वि गर्न बाली ब्लक निर्माण गरिएको छ । भौगोलिक बनावटलाई हेरी विभिन्न तरकारीको बाली ब्लक निर्माण गरिएको हो । कृषि ज्ञान केन्द्र गुल्मीले कृषकलाई प्रोत्साहित गर्दै उत्पादनमा वृद्वि गर्न बालीको ब्लक स्थापना गरेको छ । केन्द्रले इस्मामा कोदो ब्लक, अर्खाबाङ्गमा आलु, ठूलोलुम्पेक र रेसुङ्गा नगपालिकामा तरकारी ब्लक,...
पाल्पामा कृषि क्षेत्रका कार्यक्रम प्रभावित
पाल्पामा कृषि क्षेत्रका कार्यक्रम प्रभावित विश्वलाई नै आक्रान्त बनाएको कोभिड– १९ ले नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रमा ठूलो प्रभाव पारेको छ । लामो समयदेखिको बन्दाबन्दीले जिल्लाको कृषि क्षेत्रको विकासमा नराम्रोसँग प्रभाव पारेको हो । कृषि विकासका कार्यक्रमहरु द्रूत गतिमा हुने समयमै लकडाउन भएपछि जिल्लामा सञ्चालित अधिकास कार्यक्रम ठप्प भएका हुन् । लामो समयदेखिको...
कृषि उत्पादन वृद्धि गर्न बगनासकाली गाउँपालिकाका कृषकलाई कृषि सामग्री
कृषि उत्पादन वृद्धि गर्न बगनासकाली गाउँपालिकाका कृषकलाई कृषि सामग्री जिल्लाको बगनासकाली गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । गाउँपालिकाका विभिन्न स्थानका किसानलाई हाते ट्याक्टर, बेसार पिस्ने मेसिन प्रदान...
पाल्पा जेसिजले गर्‍यो वृक्षारोपण
पाल्पा जेसिजले गर्‍यो वृक्षारोपण जिल्लामा क्रियाशिल सामाजिक संस्था पाल्पा जेसिजले वृक्षारोपण गरेको छ । जेसिजले शनिबार तानसेन स्थित मेहलधारामा रहेको सिविआर भवन परिसरमा वृक्षारोपण गरेको हो । हरेक वर्ष जस्तै यस वर्ष पनि संस्थाले फलफूलका विभिन्न प्रजातिका विरुवाहरु लगाएको छ । आफैले २०५२ सालमा स्थापना गरेको संस्था सिविआर परिसरमा हरियाली बनाई स्वच्छ वातावरण निर्माण...
कोरोनालाई छिचोल्दै रोपाइँमा व्यस्त किसान, पाल्पामा सकियो ५० प्रतिशत रोपाइँ
कोरोनालाई छिचोल्दै रोपाइँमा व्यस्त किसान, पाल्पामा सकियो ५० प्रतिशत रोपाइँ कोरोना जोखिमका बीच यहाँका किसानलाई रोपाइँको चटारो परेको छ । हरेक वर्ष साउनको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको भएको हो । यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउनबीच असार लाग्न साथ शुरु भएको रोपाइँ ५० प्रतिशत...
रैनादेवी छहरा सरकारले दियो किसानलाई दुधमा अनुदान
रैनादेवी छहरा सरकारले दियो किसानलाई दुधमा अनुदान जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले किसानलाई दुधमा अनुदान दिएको छ । गाउँपालिकाले दूधमा आत्मानिर्भर बनाई समृद्धि हासिल गर्ने उद्देश्य अनुरुप दूधमा किसानले उत्पादन गरेको दुध विक्रिमा आधारित ढुवानीका लागि अनुदान दिएको हो । वडा ४ सल्लेधारामा रहेका दुध उत्पादक किसानहरुलाई उत्पादन गरेको दुध विक्रीमा आधारित ढुवानीको लागि गाउँपालिकाले अनुदान दिएको छ...
रामपुरका कृषकलाई थप ५ हजार आँप तथा लिचीका बिरुवा
रामपुरका कृषकलाई थप ५ हजार आँप तथा लिचीका बिरुवा रामपुर नगरपालिका कृषि शाखाले कृषकहरुलाई आँप तथा लिचीका बिरुवा वितरण गरेको छ । फलफूल खेतीमा पनि नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ कृषकहरुलाई मागको आधारमा शाखाले विरुवा वितरण गरेको हो । यस अघि वडाहरु संग सहकार्य गरी ११ हजार भन्दा बढी कागती तथा सुन्तलाका विरुवा वितरण गरेको कृषि शाखाले आज थप...
पञ्चेबाजा बजाएर किसानले रोपे सडकमै धान
पञ्चेबाजा बजाएर किसानले रोपे सडकमै धान देशभर राष्ट्रिय धान दिवसको चर्चा चलिरहेका बेला स्याङ्याजामा भने यतिबेला पञ्चेबाजा बजाएर किसानले सडकमै धान रोपेको विषयले चर्चा पाएको छ । आफ्नो घर अगाडिको सडक वर्षौँ बितिसक्दासम्म पनि कालोपत्र हुन नसक्दा हिलाम्मे सड्कबाट आजित भएका स्थानीयवासीले सडकमै धान रोपेर सांकेतिक विरोध जनाएका छन् । स्याङ्जाको वालिङ हुँदै पर्वतको हुवास जाने...
सलह किरा मार्नेलाई किलोको एक सय
सलह किरा मार्नेलाई किलोको एक सय भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए । अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन...
प्रदेश पाँचमा ४७ प्रतिशत रोपाइँ
प्रदेश पाँचमा ४७ प्रतिशत रोपाइँ प्रदेश नं ५ मा यस वर्ष ४७ दशमलव ०५ प्रतिशत रोपाइँ गरिएको छ । कृषि विकास निर्देशनालयका अनुसार समयमै वर्षा भएका कारण यस वर्ष प्रदेशका सबै जिल्लामा धमाधम रोपाइँ भइरहेको छ । यस वर्ष सबैभन्दा धेरै नवलपरासीमा ८४ दशमलव ०६ प्रतिशत र सबैभन्दा कम गुल्मीमा १९ दशमलव ६१ प्रतिशत रोपाइँ...
Weather Update