Shittalpati
तरकारी खेतीमा महिलाको सक्रियता
तरकारी खेतीमा महिलाको सक्रियता व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिला समेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा बागलुङका दुई महिलाले उदाहरण पेश गरेका छन् । उनीहरुले पनि पुरुष समान व्यावसायिकरुपमा नै तरकारी खेती गरेर मासिक एक लाख बढी आम्दानी गर्न सफल भएका छन् ।
बिउमा समान मूल्य कायम गर्न मकैको मूल्य निर्धारण
बिउमा समान मूल्य कायम गर्न मकैको मूल्य निर्धारण कृषकहरुद्वारा उत्पादित कृषिजन्य उत्पादनहरुले उचित मूल्य नपाएको गुनासो आइरहेका बेला गुल्मीमा मकै बिउको मूल्य निर्धारण भएको छ । जिल्लाभर मकै बिउको समान मूल्य कायम गर्न तथा बिउको बजारीकरणमा सहजता ल्याउनका लागि जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले मकै बिउको जिल्ला दररेट कायम गरेको छ ।
कोभिडका कारण रोजगार गुमाएका पाल्पाका युवा बंगुरपालनमा
कोभिडका कारण रोजगार गुमाएका पाल्पाका युवा बंगुरपालनमा कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैतदेखि लकडाउन गर्‍यो । लकडाउनका कारण स्वदेश तथा विदेशमा धेरैले रोजगारी गुमाउनु पर्‍यो । रोजगारी गुमाउने मध्येका एक हुन तानसेन नगरपालिका–१४ का रमेश परियार । यस अघि काठमाडौँस्थित एक होटलमा कुकम्यानका रुपमा काम गर्दै आएका परियार सात महिनादेखि बेरोजगार छन् ।
पशुका लागि गुन्द्रुक बनाउँदै
पशुका लागि गुन्द्रुक बनाउँदै पाल्पाको रामपुर नगरपालिका ६ मा मेसिनबाट पशुका लागि पोषिलो खाना गुन्द्रुक (साइलेज) तयार गरिदै । कामधेनु गाईफर्म रामपुरको व्यवस्थापनमा पशुका लागि व्यवसायिक रुपमा साइलेज उत्पादन गरिदै आइएको छ ।
रामपुरका महिला जनप्रतिनिधि सामूहिक कृषि कर्ममा
रामपुरका महिला जनप्रतिनिधि सामूहिक कृषि कर्ममा नेपाल कृषि प्रधान देश हो । तर कृषिलाई व्यवसायिक बनाउन नसक्दा देशले आर्थिक समृद्धि हासिल गर्न सकिरहेको छैन । जनप्रतिनिधि र राजनैतिक नेतृत्वले कृषिमार्फत नेपाललाई समृद्ध बनाउने भाषण नगरेका होइनन् तर व्यवहारिक रूपमा कृषिको प्रवद्र्धनमा लागेको कमै देख्ने गरिएको छ ।
मेसिनमा आलुको वीउ राख्दै कृषक
मेसिनमा आलुको वीउ राख्दै कृषक पाल्पाको रामपुरमा मेसिनबाट आलु रोप्न वीउ राख्दै कृषक ।
अदुवा खेतीको विकल्प बन्यो बेसार
अदुवा खेतीको विकल्प बन्यो बेसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकमै बेसारको कुरा गरेपछि यो खुबै चर्चित बन्यो । सामाजिक सञ्जालमा बेसारमय तस्वीरहरु देखिए । कतिपय कलाकारले त यसको गीत बनाउनसमेत भ्याए ।
उखु किसानले अझै पाएनन् भुक्तानी
उखु किसानले अझै पाएनन् भुक्तानी जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए ।
किसानलाई घाँसको बीउ वितरण
किसानलाई घाँसको बीउ वितरण व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेपछि गल्याङ नगरपालिकाले किसानलाई घाँसको बीउ वितरण गरेको छ । नगरपालिकाको पशुसेवा शाखाको समन्वयमा किसानलाई घाँसको बीउ वितरण गरिएको हो ।
कृषि तथा वनजन्य उद्योगमा आकर्षण
कृषि तथा वनजन्य उद्योगमा आकर्षण नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कृषि तथा वनजन्य उद्योगतर्फ आकर्षण बढ्दै गएको छ । विशेषगरी विदेशबाट फर्केका युवा र महिला व्यावसायिक कृषि उद्यमतर्फ लागेका हुन् । पछिल्लो समय जिल्लामा कृषि तथा वनजन्य उद्योग वृद्धि हुन थालेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
लोप हुँदै कोदो खेती
लोप हुँदै कोदो खेती पछिल्लो समय पाल्पा र गुल्मीमा पौष्टिक अन्नको रुपमा रहेको कोदो लोप हुँदै गएको छ । तीन दशकअघि मुख्य खाद्यान्न बालीका रूपमा स्थापित कोदो खेती जिल्लाका किसानहरुले गर्न छोडेपछि अहिले लोप हुने अवस्थामा पुगेको हो ।
गाउँपालिकाले जोतिदिएको खेतमा झुल्यो धान पहेँलै
गाउँपालिकाले जोतिदिएको खेतमा झुल्यो धान पहेँलै गुल्मीको गुल्मीदरबार गाउँपालिकाले किसानको खेत निःशुल्क जोत्ने कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले निःशुल्क जोतेको खेतमा अहिले किसानले रोपेको खेतमा धानबाली पहेँलै झुलेको छ ।
Weather Update