Shittalpati
गुल्मीमा जिप दुर्घटना, तीनको मृत्यु

गुल्मी, गुल्मीमा जिप दुर्घटना भएको छ । चन्द्रकोट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्वरको जिप मुसिकोट नगरपालिका– ४ मा दुर्घटना भएको हो ।
जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको वडाध्यक्ष ओमबहादुर केसीले जानकारी दिए । उनका अनुसार मृतक तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
उनीहरुको अहिलेसम्म सनाखत भने हुन सकेको छैनन् । जिपमा १० जना सवार रहेको बुझिएको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । जिप सडकबाट ५ सय मिटर तल खसेको छ । के कति कारणले दुर्घटना भएको हो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सच्याइएको : यस अघिको समाचारमा वडाध्यक्ष ओमबहादुर केसीले चार जनाको घटनास्थलमा मृत्यु भएको भनि दिएको जानकारीमा तीन जना हुनुपर्नेमा सच्याइएको छ
– सम्पादक

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update