Shittalpati
छुट्टाछुुट्टै घटनामा ४ जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटना, करेन्ट लागेर र पानीमा डुवेर भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको हो । 

सिरहाको नरहा गाउँपालिका–५ स्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अन टेष्ट लेखिएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक बिष्णुपुर गाउँपालिका–१ बस्ने २१ वर्षीय अरूण यादवको घटनास्थलमै मृत्यु भएको हो । यस्तै कैलालीको गोदावरी नगरपालिका–१ स्थित सडकमा जिपको ठक्करबाट एक जनाको ज्यान गएको छ । से.१ च १५३९ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने ७० वर्षीय बासुदेव खरेलको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी समाचार कक्षले जनाएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सोही गाउँपालिका–४ पथेनीस्थित विद्युतको पोलमा चढेर विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो ।  यस्तै धनुषमा डुबेर एक जनाको मृत्यु भएको छ । धनुषाको नगराइन नगरपालिका–७ विर्ता बस्ने सत्य नारायण मुखियाको छोरा १८ महिनाको पारस मुखियाको आफ्नै घरको बराण्डामा पानी भरेर राखेको बाल्टीमा डुबेर मृत्यु भएको हो । खेल्ने क्रममा बाल्टीमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सबै घटनाका विषयमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको  छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update